पुरानो बाइकलाई इलेक्ट्रिक बनाउदै युवाहरु
काठमाडौं – आफूसँग भएका पुराना बाइकलाई इलेक्ट्रिक बनाउने कार्यमा अहिले...
पोखरा - सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउन्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन् ।
जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २.१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ ।
केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।
जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड 'जिप फ्लायर'को फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ ।
जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ । यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा 'बिश्वकै भिरालो जिपलाइन'का रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ ।
बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।
काठमाडौं – आफूसँग भएका पुराना बाइकलाई इलेक्ट्रिक बनाउने कार्यमा अहिले...
काठमाडौं– लुयानको इलेक्ट्रिक स्कुटर ‘एस९०’ कस्टमाइज्ड भएर आएको छ । नेपाली...
काठमाडौं – चीनको नम्बर वान ईभी ब्रान्ड दाबी गर्ने आइमाले काठमाडौंको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...