काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैं बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो । 

महानगरले एक सूचना प्रकाशित गरी एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने जनाएको छ । 

महानगरले हाल काठमाडौंसहित देशैभरिमा डेंगु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ । 

महानगरले आफ्ना स्वास्थ्य स्वयंसेवक खटाई डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने जनाएको हो । यति मात्र नभई दशैं बिदा अवधिभरमा महानगर पालिकाले ५५८ स्वयंसेवक खटाउने भएको छ । उनीहरूले महानगरका नागरिकलाई सिटामोल र जीवनजल वितरण गर्ने योजना बनाइएको छ ।

सम्बन्धित समाचारहरू

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालन, आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र...

आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि...

पोखरा जाने पृथ्वीराजमार्गको याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

पोखरा जाने पृथ्वीराजमार्गको याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...