अटो एक्स्पो २०२३ इलेक्ट्रिक सवारी साधनमा केन्द्रीत हुने
अन्ततः भारतमा ३ वर्ष पछि १५औं अटो एक्सपो आगामी जनवरी १३ देखि १८ सम्म आयोजना...
पेट्रोल र डिजेलको मूल्य बढेसँगै अहिले अधिकांश मानिस ब्याट्रीबाट चल्ने सवारी साधन अर्थात ईभी किन्न चाहन्छन् । यद्यपि खरिदकर्ताहरुले ईभी सवारी साधनको माइलेज र पावरमा गुनासो गरेको पाइन्छ ।
के तपाईलाई थाहा छ, इलेक्ट्रिक स्कुटरमा कति प्रकारका मोटर प्रयोग गरिन्छ ? यी मध्ये सबैभन्दा शक्तिशाली र टिकाउ मोटर कुन हो ? सामान्यतया कम्पनीहरूले ईभीमा फ्रेम, स्विङग्राम र हब माउन्टेड मोटर्स प्रयोग गर्छन् । सबैको आ–आफ्नै विशेषता हुन्छ ।
हब माउन्ट मोटर
यो मोटर इलेक्ट्रिक सवारीको ह्विलमा जडान गरिएको हुन्छ । हब माउन्टेड मोटरहरू प्रायः टीभीएस, ओकिनावा, बाउन्स इन्फिनिटी र बेनलिंङको स्कुटरमा देख्न सकिन्छ । यसलाई कच्ची र अप्ठ्यारो बाटोमा पनि सजिलै ड्राइभ गर्न सकिन्छ । पछाडिको रिममा मोटर जडान भएकाले स्कुटर चलाउँदा भाँचिने जोखिम भने हुन्छ । साथै वर्षायामका कारण मोटरमा पानी पसेर विग्रने सम्भावना पनि रहन्छ ।
फ्रेम माउन्ट मोटर
फ्रेम माउन्ट मोटर एथर र ओला स्कुटरमा जडान गरिएको हुन्छ । यो पेट्रोलबाट चल्ने स्कुटरमा जस्तै जडान गरिएको हुन्छ । यो मोटर निकै बलियो हुन्छ । साथै यो फुट्ने वा भित्र पानी जम्ने समस्या पनि कम हुन्छ ।
स्विङग्राम माउन्टेड मोटर
यो मोटर हिरो भिडा र बजाज चेतकको स्कुटरमा प्रयोग गरिएको छ । स्विङग्राम माउन्टेड मोटरमा छुट्टै स्ट्र्याप पछि चेन र पछाडिको चक्का जोडिएको हुन्छ र पाङ्ग्रा चेन मार्फत घुम्छ ।
अन्ततः भारतमा ३ वर्ष पछि १५औं अटो एक्सपो आगामी जनवरी १३ देखि १८ सम्म आयोजना...
काठमाडौं – चर्चित विद्युतीय एसयूभी आईकार भी२३ को मूल्य बढेको छ । चेरीको...
काठमाडौं– महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइलमोबिलिटी) को ट्रियो र यारी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...