४ महिनामा नेपाल भित्रिए ८ अर्ब बढीका ईभी, कुन देशबाट कति ?

काठमाडौं - चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना अर्थात साउनदेखि कार्तिकसम्म नेपाली बजारमा ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ ईभी गाडीको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार उक्त रकमका ३ हजार ४८७ ईभी गाडी (कार, जिप र भ्यान) आयात भएका छन् ।

यसबाट सरकारले ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको विभागले बताएको छ । विभागको तथ्याङकले ५० किलोवाट क्षमताका ईभी १ हजार ५०, ५१ देखि १०० किलोवाट क्षमताका २१ सय १५ र १०१ देखि २०० किलोवाट क्षमताका ३१६ वटा गाडीको आयात भएको देखाएको छ ।

यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको चार र ३०० किलोवाटमाथिको दुई वटा गाडी आयात भएको विभागको तथ्याङकले देखाएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनु साथै आवश्यक पूर्वाधार निर्माण गर्नुले ईभीको प्रयोग बढ्दै गएको छ ।

यो वर्षको कात्तिक महिनामा मात्र ९६९ कार, जिप र भ्यान भित्रिएका छन् भने यी सहित अन्य चारपांग्रे ईभी गरी १ हजार १८६ युनिट आयात भएका छन् । गत असोज महिना सम्म तीन महिनाको अवधिमा २ हजार ५१८ ईभी आयात भएका थिए ।

कुन देशबाट कति भयो आयात ?

नेपालमा ईभी गाडीको उत्पादन नहुने हुँदा विभिन्न देशबाट यस्ता गाडी आयात हुँदै आएको छ । विभागका अनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी भारत र चीनबाट हुन्छ ।

यो तीन महिनामा ५० किलोवाट क्षमता भएका ईभी चीनबाट ५१३ र भारतबाट ५३७ वटा भित्रिएका छन् । यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका गाडी चीनबाट १६ सय ८७ र भारतबाट ४३२ वटा आयात भएको विभागको तथ्याङकले देखाएको हो

यसैगरी १०१ देखि २०० किलोवाट क्षमता भएका चीनबाट ३१०, जर्मनीबाट ४ र अमेरिकाबाट दुई वटा गाडी भित्रिएका छन् । विभागले २०१ देखि ३०० किलोवाट क्षमता भएका चीनबाट दुई र जर्मनीबाट दुई वटा गाडी बिक्रेता कम्पनीहरूले ल्याएको बताएको छ ।

यसका साथै ३०० किलोवाटमाथिको एउटा गाडी चीनबाट आयात भएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

नेपाली बजारमा आयो विद्युतबाट चल्ने लेक्ट्रो ई–साइकल : १० दिन सम्म १० हजार छुट पाइने

काठमाडौं – निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल...

सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

सीजी मोटर्सले अब इलेक्ट्रिक ट्याक्सी ल्याउने

काठमाडौं – नेपाली बजारमा नेटा भी र अन्य इलेक्ट्रिक सवारी साधन उपलब्ध...

४८ घन्टामै ३१ हजार बढी अर्डर भयो लिपमोटर बी१०, नेपाल ल्याउन सांग्रिला मोटर्स उत्साहित

४८ घन्टामै ३१ हजार बढी अर्डर भयो लिपमोटर बी१०, नेपाल ल्याउन सांग्रिला मोटर्स उत्साहित

काठमाडौं– लिपमोटरले चीनमा हालै लन्च गरेको नयाँ बिद्युतिय एसयूभी बी१०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...