बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – चाडपर्वको अफरमा हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्याएको स्किम अन्तर्गत धेरै गाडी बिक्री भएका छन् । यी मध्ये हुन्डाईले पछिल्लो समयमा नेपाली बजारमा उपलब्ध गराएको नयाँ क्रेटा र ग्रान्ड आई१० नियोसका साथै भेन्यु र स्यान्ट्रो सबैभन्दा धेरै बिक्री हुने कार बनेका छन् ।
दुई मोडल नयाँ क्रेटा र ग्रान्ड आई१० नियोस नेपाली बजारमा हालै भित्रिएका हुन् भने भेन्यु करिव एक वर्ष पहिले भित्रिएको थियो भने स्यान्ट्रो धेरैले रुचाउने सदावहार चर्चित कार मानिन्छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर रुपेश शर्मा भट्टका अनुसार लकडाउन पश्चात फेस्टिभ सिजनमा गाडी किन्ने ग्राहकहरु एकै पटक धेरै झुम्मिन पुगे । उनीहरुले नयाँ मोडलका साथै पुराना मोडल पनि उत्तिकै रुचाएको पाइएको छ । अन्य मोडल समेत बिक्री भए तापनि यी चार मोडल धेरै बिक्री हुने मोडल बने ।
हुन्डाईले हाल नेपाली बजारमा विभिन्न मोडलका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । यी गाडीको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।
हुन्डाईले यसपटकको चाडपर्वलाई लक्ष्यित गरी ‘यसपालीको दसैं तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको थियो ।
असोज ५ देखि प्रारम्भ भएको सो योजना मंसिर ५ सम्म लागू हुने बताइएको भए पनि फेरि थप गरी मंसिर १५ सम्म पु-याइएको थियो ।
यस योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुट पाउन सक्ने व्यवस्था थियो । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा १ थान र हुन्डाई ग्रान्ड आई १० नियोस १ थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बिमा पनि पाउनेछन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...