चांगन अटो नेपाल भित्रिएको १ वर्ष पुग्यो, पहिलो वर्षमै राम्रो सुरुवात गर्न सफल भएको दाबी
काठमाडौं – चीनको नम्बर वान प्यासेन्जर ब्राण्ड चांगन अटोले नेपालमा...
पिकअप नेपाली बजारमा निकै नै रुचाइएको सवारीसाधन हो । पर्याप्त सामान राख्न मिल्ने र अगाडि चालक सहित ५ जनासम्म यात्रुले आरामदायी यात्र गर्न मिल्ने विशेषताका कारण यो साधन नेपालमा लोकप्रिय बन्दै गएको हो । बजारमा अहिले सिंगल र डबल क्याव भेरिएन्टका पिकअप उपलब्ध छन् । जसमध्ये सिंगल क्याबयुक्त पिकअपलाई बढी जसो सामान ढुवानी प्रयोजनमा प्रयोग गरिँदै आइएको छ भने डबल क्यावलाई भने प्यासेन्जर कार सरह नै प्रयोग गरिँदै आएको छ ।
डबल क्याव पिकअपमा कारकै सरह फिचर्स उपलब्ध हुने कारण पनि यसको प्रयोग प्यासेन्जर प्रयोजनमा बढी प्रयोग हुने गरेको हो । यस्ता पिकअप विशेषगरी निर्माण क्षेत्र, हाइड्रोपावर र दुर्गम क्षेत्र लक्षित विभिन्न विकास परियोजनाहरुमा बढी मात्रामा प्रयोग हुने गरेको पाइन्छ । उच्चतम ग्राउन्ड क्लियरेन्स, पावरफुल इन्जिन र आरामदायी फिचर्सको साथसाथै फराकिलो लगेज कम्पार्ट जस्ता विशेषताका कारण यो साधन लोकप्रिय बनिरहेको छ । डबल क्याव पिकअपलाई लाइफ स्टाइल पिकअप समेत भन्ने गरिन्छ ।
बजारमा अहिले भारत, चीन, जापान, थाइल्यान्ड र कोरियाबाट यस्ता पिकअप आयात भैरहेका छन । जसमध्ये पछिल्लो समय चीनबाट आयात गरी ल्याइएका फोटोन व्रान्डको टुनल्यान्ड र चांगन ब्रान्डको हन्टर पिकअप ग्राहकको रोजाइमा पर्न थालेका छन् । यी पिकअप फिचर र पावर तथा पर्फमेन्सको मामलामा उत्कृष्ट ठहरिए पनि मूल्य एकदमै प्रतिस्पर्धी रहेको आधिकारिक वितरक कम्पनीको दावी छ ।
फोटोन टुनल्यान्ड एस
नेपालका लागि आधिकारिक बितरक एमएडब्लु वृद्धि कर्मसियलले भित्र्याएको यो पिकअपमा २.८ लिटरको इन्लाइन ४ सिलिन्डर, टर्बोचार्ज एन्ड इन्टरकुलरसहितको ५ स्पिड म्यानुल ट्रान्समिसन भएको डिजेल इन्जिन राखिएको छ । जसको अधिकतम पावर १२० किलोवाट र टर्क ३६० एनएम रहेको छ ।

यसको कार्गो बक्सको आकार १.५२ मि बाई १.५८ मि बाई ०.४४ मि रहेको छ जुन क्लासकै सबैभन्दा ठूलो रहेको दाबी गरिएको छ । साथै यसको पेलोड क्यापासिटी १ टन र फ्युल ट्यांक क्यापासिटी ७६ लिटर रहेको छ । यात्राको आरामका लागि टुन्ल्यान्ड ईमा अगाडि अपर एन्ड लोवर ए–आर्म डबल विशबोन क्वाइल स्प्रिङ र पछाडि शक एब्जर्बरहितको डिपेन्डेन्ड सस्पेन्सन राखिएको छ ।
डुअल एअरब्याग, फ्रन्ट भेन्टिलेटेड डिस्क, ईबीडीसहितको एबीएस, सेन्ट्रल लकिङ र सिट बेल्ट वार्निङ जस्ता सुरक्षाका फिचर दिइएको छ । साथै, यसमा टिल्ट एन्ड टेलिस्कोपिक पावर स्टेयरिङ, एयर कन्डिसनर, हिटर, इलेक्ट्रिकल्ली एड्जस्टेबल रियरभ्यु मिरर आदि छन । यो पिकअपको मूल्य नेपाली बजारमा ७९ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
चांगन हन्टर
हन्टर नेपाल भित्रिएको छोटो समयमै लोकप्रिय बनिरहेको छ । चीनको अग्रणी अटोमोबाइल ब्रान्डले हन्टरमा १.९ टर्बोचाज्र्ड इन्जिन उपलब्ध गराएको छ । जसले १५० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । यो प्रिमियम पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको दाबी गरिएको छ । यसले १ टनको पेलोड वजन उठाउन सक्छ ।
६–स्पिड अटोमेटिक गियर ट्रान्समिसन दिइएको यो पिकअपले रोडको कन्डिसन अनुसार आफै नै गियर बदल्न सक्ने बताइएको छ । हन्टरमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टचस्क्रिन, पुस इन्जिन स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर रहेका छन् ।
यसमा आरामदायी पावर असिस्टेड सिट पनि रहेको छ भने यसलाई इको र स्पोर्ट मोडमा चलाउन सकिन्छ । नेपालका लागि आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्प प्रालिले यसको टु ह्विल ड्राइभलाई ६६ लाख र फोर ह्विल ड्राइभलाई ७९ लाख ५० हजार रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।
काठमाडौं – चीनको नम्बर वान प्यासेन्जर ब्राण्ड चांगन अटोले नेपालमा...
काठमाडौं – नेपालको नम्बर १ कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड...
स्कोडले आफ्नो लोकप्रिय एसयुभी कुसाकमा नयाँ फिचर्स अपडेट गरेको छ । उसले सबै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...