नेपालकै लागि भनेर डिजाइन गरिएको फोटोन ‘टुनल्यान्ड जी७’ सार्बजनिक हुने तयारीमा

काठमाडौं–फोटोनले नयाँ पिकअप ट्रक ‘टुनल्यान्ड जी७’ नेपाली बजारमा सार्बजनिक गर्ने तयारी गरेको छ । ‘बिल्ट फर हिमालयज’ नारासहित सार्वजनिक हुन लागेको यो पिकअप गाडी नेपालको कठिन भौगोलिक संरचनामा उत्कृष्ट प्रदर्शन गर्ने हिसाबले निर्माण गरिएको बताइएको छ ।

फोटोन चीनको अग्रणी कमर्सियल भेइकल निर्माता रहेको र यसले पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास समेत कायम गरेको छ । प्रविधि र नवीनतालाई प्रयोग गरेर फोटोनले आफ्नो उत्पादनको बजार निरन्तर विस्तार गर्दै आएको छ ।

कम्पनीका अनुसार नेपालको हिमाली बाटो र पहाडी भेगको चुनौतीलाई सहज पार गर्ने क्षमतासहित जी७ मा १६० हर्सपावर र ३९० एनएम टर्क शक्ति उपलब्ध छ । २२५ मिमीको ग्राउन्ड क्लियरेन्स, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता विशेषताले अप्ठ्यारा सडकमा पनि सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्नेछ ।

अटानोमस प्रविधिमा आधारित टुनल्यान्ड जी७ ले सुरक्षा, शक्ति र स्मार्ट सुविधा एकसाथ प्रदान गर्ने दाबी गरिएको छ ।

यस पिकअप ट्रकमा १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन, पुस बटन स्टार्ट, स्वचालित एयर कन्डिसनिङ, प्यानोरामिक सनरूफ, र हीटेड–भेन्टिलेटेड सिट जस्ता प्रिमियम सुविधा उपलब्ध छन् । सिटहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जष्ट गर्न मिल्ने हुँदा यात्रा आरामदायी हुनेछ ।

व्यापारिक प्रयोजनका साथसाथै पारिवारिक यात्रा वा एडभेन्चर ट्रिपका लागि समेत उपयुक्त विकल्प बन्न सक्ने विश्वास लिइएको यस गाडीलाई फोटोनले नेपालकै लागि भनेर डिजाइन गरेको हो ।

सम्बन्धित समाचारहरू

नयाँ वर्ष अफर : १२ लाख बुझाए फोटोन पिकअप लिन सकिने

नयाँ वर्ष अफर : १२ लाख बुझाए फोटोन पिकअप लिन सकिने

काठमाडौं – नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

काठमाडौं– एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा...

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

प्यासेन्जर कारमा नयाँ वर्ष अफर : कार किन्दा लाखौ छुट, किन्न चाहने ग्राहक कम

आर्थिक मन्दीका कारण अहिले बजारमा समग्र उपभोग्य सामग्रीको खपतमा कमी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...