नेपाली बजारमा फोटोन टुनल्यान्डको नयाँ भेरिएन्ट आउंदै

काठमाडौं – पछिल्लो समयमा नेपाली बजारमा समेत उपलब्ध फोटोन टुनल्यान्डको नयाँ भेरिएन्ट नेपाली बजारमा आउने भएको छ । टुनल्यान्ड इ प्लस गाडी केहि समय भित्रै नेपाली बजारमा आउने नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले जानकारी दिएको छ ।

नयाँ भेरिएन्टको स्पेसिफिकेसन र अन्य फिचरको वारेमा भने कम्पनीले केही खुलाएको छैन । यद्यपि एमएडब्लु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नवीन आचार्यले पावर, लुक्स र पर्फमेन्समा अब्बल गाडी नेपाली बजारमा उपलब्ध हुने बताए । उनी भन्छन्, ‘फोटोन टुनल्यान्डले चिनियाँ गाडीप्रति मानिसहरुले हेर्ने नजरमा परिवर्तन गरेको छ । फोटोनले यस विश्वासलाई कायम राख्ने छ ।’

कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त इन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ । ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्कृष्ट रहने बताइएको छ ।

पावर, लुक्स र पफर्मेन्सका कारण लोकप्रिय बन्दै गइरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

युरोपेली बजारबाट नेपालको सोरुम आइपुग्यो  फिचर लोडेड स्कोडा कोडियाक  एसयूभी

युरोपेली बजारबाट नेपालको सोरुम आइपुग्यो फिचर लोडेड स्कोडा कोडियाक एसयूभी

काठमाडौं – स्पोर्टी दृश्य, क्रिस्टलाइन डिजाइन, क्लास लिडिङ सेफ्टी र...

नयाँ मोडल भित्रिएसंँगै जिप कम्पास खरिद गर्ने ग्राहक संख्यामा वृद्धि

नयाँ मोडल भित्रिएसंँगै जिप कम्पास खरिद गर्ने ग्राहक संख्यामा वृद्धि

अमेरिकन आइकनिक ब्रान्ड जिप कम्पासको नयाँ फेसलिफ्ट मोडल नेपाल भित्रिएसँगै...

जीपको ७ सिटर एसयुभी मेरिडियन सार्बजनिक, औपचारिक लन्च पछि नेपाल आउनसक्ने संभावना

जीपको ७ सिटर एसयुभी मेरिडियन सार्बजनिक, औपचारिक लन्च पछि नेपाल आउनसक्ने संभावना

अमेरिकन अटो निर्माता जीपले भारतीय बजारमा नयाँ ७ सिटर एसयुभी मेरिडियन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...