बिक्री पछिको सेवालाई सुनिश्चित गर्दै ‘फोटोन टोटल केयर’

काठमाडौँ – फोटोनले ग्राहकहरूको विश्वासलाई अझ सुदृढ बनाउन फोटोन टोटल केयर मार्फत नेपालभर आफ्नो उपस्थिति मजबुत बनाइरहेको छ । यो पूर्णतया बिक्री पछिको सेवा प्रणाली हो, जसको उद्देश्य गाडी किनेपछि पनि ग्राहकलाई दीर्घकालीन सहायता प्रदान गर्नु हो ।

फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियलका अनुसार, देशभर फैलँदै गएको सञ्जाल, विश्वसनीयता, पहुँचयोग्य सेवा र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतासँगै फोटोनले प्रत्येक गाडीधनीका लागि यात्राका दौरान उत्तम सेवाको सुनिश्चितता गर्दै आएको छ ।

हाल देशभर फोटोनका १७ वटा सेवा केन्द्र सञ्चालनमा छन्, जसले शहरदेखि ग्रामीण भेगसम्मका ग्राहकलाई भरपर्दो सेवा सहज रूपमा उपलब्ध गराउँदै आएको छ । यही विस्तृत सञ्जाल मार्फत् ग्राहकहरूले जुनसुकै स्थानबाट सर्भिसिंग, मर्मत सेवा तथा पार्टपुर्जाहरू सहजै प्राप्त गर्न सक्छन् । प्रशिक्षित प्राविधिक टोली र सेवाको छिटो उपलब्धताले गर्दा फोटोनले देशभरका प्रयोगकर्तामाझ बलियो विश्वास निर्माण गरेको छ ।

फोटोन टोटल केयर प्रमिसले सम्पूर्ण आफ्टर सेल्स सर्भिस प्रदान गर्छ । यसमा भरपर्दो आफ्टर –सेल्स सेवा, जेन्युइन स्पेयर पार्ट्स, वारेन्टी सुविधाहरू, रोडसाइड सहयोग र डेडीकेटेड कस्टमर केयर समावेश छन् । यो अल–इन–वान प्रणालीले सवारी साधनलाई राम्रोसँग चलाइराख्न, डाउनटाइम कम गर्न र फोटोन प्रयोग गर्ने व्यवसायीहरूलाई मानसिक शान्ति पनि प्रदान गर्छ । नियमित मर्मत गर्न होस् वा आकस्मिक समस्याका बखत, ग्राहकले फोटोनको छिटो र भरपर्दो सेवामाथि पूर्ण रूपमा भरोसा गर्न सक्छन् ।

हरेक सेवा केन्द्रमा फोटोन गाडीका लागि विशेष प्रशिक्षण प्राप्त प्रमाणित प्राविधिकहरू उपलब्ध छन् । फोटोनका सत् प्रतिशत जेन्युइन पाट्र्स प्रयोग गरेर ब्रान्डले दीर्घकालीन मजबुती, भरपर्दो प्रदर्शन र अधिकतम सुरक्षाको सुनिश्चितता दिन्छ । गुणस्तरप्रतिको यही प्रतिबद्धताले गाडीको आयु बढाउन र कठिन सञ्चालन अवस्थाहरूमा पनि कार्यक्षमता जोगाइराख्न मद्दत गर्छ ।

फोटोनको ग्राहकमैत्री दृष्टिकोण सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन र प्रोएक्टिभ फलो–अपहरूमा पनि देखिन्छ । यी पहलहरूले ग्राहकलाई सुसुचित रहन, गाडी उचित रूपमा मर्मत गर्न र समस्याहरूलाई चाँडो समाधान गर्न मद्दत गर्छन् ।

फोटोन टोटल केयर मार्फत ब्रान्डले विश्वसनीयता, ग्राहक सन्तुष्टि र दीर्घकालीन भ्यालुमा केन्द्रित सेवा मार्फत् बिक्रीपछि पनि निरन्तर साथ दिइरहेको छ । भरपर्दो सेवा, उच्च गुणस्तर र देशव्यापी पहुँचका साथ नेपालको बढ्दो मोबिलिटी आवश्यकतामा फोटोन निरन्तर प्रतिबद्ध छ ।

सम्बन्धित समाचारहरू

बुटवलमा फोटोनको नयाँ शोरुम खुल्दै

बुटवलमा फोटोनको नयाँ शोरुम खुल्दै

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि...

फोटोन टीएम१ को १०० युनिट ईभी भ्यान नेपाली सडकमा

फोटोन टीएम१ को १०० युनिट ईभी भ्यान नेपाली सडकमा

काठमाडौं–फोटोन टीएम१ डेलिभरी भ्यानले नेपालमा १०० युनिट बिक्रीको आँकडा...

फोटोनको नयाँ शोरुम सुर्खेतमा विस्तार

फोटोनको नयाँ शोरुम सुर्खेतमा विस्तार

काठमाडौँ– फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । एयरपोर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...