फोटोनले थप्यो ५ नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’, देशभर २१ भन्दा बढी स्थानमा नेटवर्क विस्तार
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि...
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ पिकअप लन्च गर्ने तयारीलाई अन्तिम चरणमा पु-याएको छ । अन्तर्राष्ट्रिय स्तरको टुनल्यान्ड जी७ अब नेपाली बजारमा पनि उपलब्ध हुने जनाइएको छ ।
नेपाली सडकमा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् भनेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको यस गाडीले नेपालको विभिन्न भूभागमा एक वर्षसम्म गरिएको परीक्षण पार गर्दै नेपालको जटिल तथा विविधयायुक्त सडक अवस्थाका लागि आवश्यक पर्ने क्षमता, शक्ती र साइजको लागि आफ्नो पर्फमेन्स प्रमाणित गरिसकेको छ ।
उन्नत फिचरहरूसँगै टुनल्यान्ड जी७ बलियो मात्र नभई फराकिलो पनि छ । यसमा १६० हर्सपावरको इन्जिन र ३९० एनएम टर्क छ, जसले हरेक किसिमका सडकमा आवश्यक पर्ने प्रदर्शन क्षमताहरू प्रदान गर्छ । २२५ मिमिको ग्राउन्ड क्लियरेन्स भएकोले यसलाई अप्ठ्यारो, उकालो–ओरालो तथा उबडखाबड सडकमा पनि सजिलै चलाउन सकिन्छ ।
यसमा भएको मोडर्न इन्जिन पुस–स्टार्ट बटनले यसलाई नयाँ चालकहरूका लागि झनै सजिलो बनाउँछ । सुरक्षाका लागि यसमा ‘हिल होल्ड कन्ट्रोल’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर दिइएको छ ।
१२.३ इन्चको ‘इनफिनिटी स्क्रिन’ले गाडीको भित्री भागलाई अत्याधुनिक र प्रिमियम बनाउँछ । यस स्क्रीनले उन्नत प्रविधि र शैलीको सन्तुलन दिन्छ भने पानोरामिक सनरुफले प्राकृतिक प्रकाश र ताजगी ल्याएर नेपालको सुन्दर दृश्यसँगको यात्रालाई झन रमाइलो बनाउँछ ।
सिटहरूमा ‘हिटेड’ र ‘भेन्टिलेटेड’ सिस्टम छ, जसलाई इलेक्ट्रिक रूपमा १२ तरिकाले एडजस्ट गर्न सकिन्छ । साथै, यसमा भएको अटोमेटिक एयर कन्डिसनिङले वर्षभरि नै तापक्रम सन्तुलित राख्छ ।
कम्पनीका अनुसार, टुनल्यान्ड जी७ एउटा यस्तो सम्पूर्ण प्याकेज हो जसले शक्ति, सुरक्षा र लक्जरी एकै ठाउँमा ल्याएको छ । यसले नेपालका पिकअप गाडीहरूको बजारमा नयाँ मापदण्ड कायम गर्ने कम्पनीको विश्वास छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...