हुन्डाईको नयाँ रणनीति : बिक्री वृद्धि, स्थानीय उत्पादन र ईभी विस्तार
काठमाडौं–भारतमा हुन्डाई मोटर इन्डियाले आर्थिक वर्ष २०२७ मा घरेलु बजारमा ८...
फोटोन टुनल्यान्ड–ई पिकअपको अपग्रेडेड भर्सन ३ दिनपछि लन्च हुने भएको छ । नेपालका लागी आधिकारिक वितरक एमएडव्लु बृद्धि कमर्सियल भेइकल प्रालिले यो पिकअपलाई यसै महिनाको ९ गते लन्च गर्ने बताएको हो ।
यो नयाँ भर्सन थप सक्तिशाली र आकर्षक फिचरका साथ आउन लागेको जनाइएको छ । हाल कारोवार भैरहेको मोडलले लोकिप्रयता हाँसिल गरिरहेको सन्दर्भमा नयाँ भर्सन आउन लागेको र यसले झनै चर्चा बटुल्ने कम्पनीले विश्वास लिएको छ ।
यो अपग्रेडेड भर्सनमा २.० एल डिजेल इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १४८ एचपी र टर्क ३२० एनएम रहेको छ । फोटोन मोटर्सले यसलाई स्लिक र मस्कुल वडी डिजाइनमा तयार गरेको छ । यसमा ६ फरवार्ड र १ रिभर्स ट्रान्समिसन जडान गरिएको छ, जसले एक्सेलेरेसन, राम्रो पर्फमेन्स र इन्धन बचत गर्न मद्धत गर्नेछ ।
रिभर्स क्यामेराको साथ टचस्क्रिन जडान गरिएको यो गाडीमा डुअल एयरव्याग, इविडी सहितको एबिएस लगायत सेफ्टि फिचर्स दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स समेत १० एमएमले बढेर आउनेछ । रेगुलर भर्सनमा २१० एमएम रहेको ग्राउन्ड क्लिरियन्सलाई बढाएर २२० एमएम पुर्याइएको हो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...