फोटोन टीएम१ को १०० युनिट ईभी भ्यान नेपाली सडकमा

काठमाडौं–फोटोन टीएम१ डेलिभरी भ्यानले नेपालमा १०० युनिट बिक्रीको आँकडा पार गरेको छ । टीएम१ ले सफलतापूर्वक १०० युनिट पार बिक्रीको आँकडा पार गरेको फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियलले जनाएको हो ।

कम्पनीले १०० युनिट पुगेको अवसरमा केक काटेर खुसियाली मनाएको छ । उक्त अवसरमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायतको उपस्थिति थियो ।

टीएम१ नेपालमा आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको कम्पनीको भनाइ छ ।

कम्पनिका अनुसार, टीएम१ तरकारी, फलफूल, पानी, दूध, ग्यास लगायत दैनिक उपभोग्य सामान ढुवानी गर्नका लागि निकै भरभर्दो सवारी साधनका रुपमा परिचित छ । यसले नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ ।

नेपालमा टीएम१ ८ फिट र १० फिट लोडिङ डेक साइजमा उपलब्ध छ । सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।

एमएडब्लू वृद्धिको भरपर्दो सर्भिसका कारण यस गाडीले कम मर्मत खर्चमै अत्याधिक फाइदा दिने सवारीका रुपमा आफ्नो पहिचान कायम गरेको छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

नाडा अटो शोमा फोटोनका ईभी भ्यान र पीकअप ट्रक

काठमाडौं– फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि...

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो ‘जिरो कस्ट अफर’

काठमाडौं–फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडल टुनल्याण्डका ग्राहकहरूका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...