फोटोन टीएम–१ को मूल्य २९ लाख ९९ हजार, यस्ता छन् विशेषता

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले इलेक्ट्रिक ट्रक टीएम–१ को सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।

हालै सम्पन्न नाडा अटो शो २०२३ मा यो इभी ट्रक औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । उक्त अटो शोमा टीएम–१ को उल्लेखीय बुकिङ भएको कम्पनीको दाबी छ । यो ट्रकमा ३८.६४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । सीएटिएलले उत्पादन गरेको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सीसीएस–२ चार्जिङ पोर्ट रहेको यो गाडीलाई फास्ट चार्जरबाट फुल चार्ज गर्न एक घण्टाको समय लाग्छ । एसी चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने यसको टर्क २२० एनएम रहेको जनाइएको छ । उक्त गाडीको पेलोड क्षमता १४०० किलोे छ ।

सम्बन्धित समाचारहरू

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

एसियाली बजारमा पहिलोपटक लन्च भयो बीवाईडी ‘शार्क’, यस्तो छ विशेषता

बीवाईडीको हाइब्रिड पिकअप ट्रक ‘शार्क’ एसियाली बजारमा पहिलोपटक लन्च भएको छ...

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

बीवाईडीको अर्को उपलब्धि : १० लाख ईभी बिक्रीको माइलस्टोन

अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

कम्पोनेन्ट्स शोमा ओएलएसको रिमोट कन्ट्रोलयुक्त लिफ्ट सार्वजनिक

भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...