१० हजारमै लेभ्निङको इलेक्ट्रिक स्कुटर लिन सकिने, यस्तो छ योजना
काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...
काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले इलेक्ट्रिक ट्रक टीएम–१ को सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ ।
हालै सम्पन्न नाडा अटो शो २०२३ मा यो इभी ट्रक औपचारिक रुपमा सार्वजनिक गरिएको थियो । उक्त अटो शोमा टीएम–१ को उल्लेखीय बुकिङ भएको कम्पनीको दाबी छ । यो ट्रकमा ३८.६४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । सीएटिएलले उत्पादन गरेको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २८० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
सीसीएस–२ चार्जिङ पोर्ट रहेको यो गाडीलाई फास्ट चार्जरबाट फुल चार्ज गर्न एक घण्टाको समय लाग्छ । एसी चार्जरबाट ६ घण्टामा फुल चार्ज हुन्छ । १६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसमा भएको मोटरको पिक पावर ६० किलोवाट छ भने यसको टर्क २२० एनएम रहेको जनाइएको छ । उक्त गाडीको पेलोड क्षमता १४०० किलोे छ ।
काठमाडौं – पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक...
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सेकेन्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...