टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक नेपाल आउने, कम खर्चमा बढी आम्दानी हुने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक लन्च गर्ने तयारी गरेको छ ।

नेपालमा उपलब्ध हुने टीएम१ ईभी ट्रक विशेष गरी नेपाली बजारको लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसको परीक्षण सकिएको र नेपालको चुनौतीपूर्ण भू–भागमा विगत २–३ महिनामा व्यापक सफल परीक्षणहरू पार गरेको कम्पनीले बताएको छ ।

परीक्षण पश्चात टीएम१ एक बजार परिवर्तकको रूपमा उभिएको छ, जसले यसको उपभोक्ताहरुलाई पर्याप्त बचत प्रदान गर्दै असाधारण प्रदर्शन प्रदान गर्ने बताइएको छ ।

तीन महिना लामो परीक्षणको समयमा नेपालको विभिन्न प्रकारको बाटोमा क्षमता प्रमाणित गर्दै नेपालको बाटोको लागि उपयुक्त भएको विश्वस्त भएपछि नेपालमा लन्च गर्न लागेको कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिए । उनले भने, ‘केही ड्राइभरहरुमा हामीले कुरा गरे अनुसार परीक्षणको क्रममा ड्राइभरले कार चलाएको फिल गरेको वताए । कमर्सियल गाडीमा यति कम्फर्ट र लक्जरी फिल पहिलो पटक नेपालमा फिल गरेको जनाएका छन् ।’

१२५० केजी लोड क्यापासिटी र सिंगल चार्जमा २८० किमी रेन्ज हुनुका साथै नेपाली बजारमा लामो समय परीक्षणको नतिजा स्वरूप सम्पूर्ण लाभ नेपाली व्यबसायीले लिन पाउने कम्पनीको भनाइ छ ।

अति कम खर्चमा बढी आम्दानी आम्दानी सहित व्यवसायीको जीवनमा आमुल परिवर्तन आउने कुरामा एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालि विश्वस्त रहेको विज्ञप्तिमा जनाएको छ ।

‘फोटोनको टीएम१ नेपालको अटोमोटिभ उद्योगमा एक उल्लेखनीय कोसेढुङ्गा हो, जसले दिगो यातायात समाधानहरूप्रति कम्पनीको प्रतिबद्धता देखाउँछ । यस ग्राउन्डब्रेकिङ इनोभेसनको साथ फोटोनले नेपालमा विद्युतीय ट्रकिङको अनुभव गर्ने तरिकामा आमुल परिवर्तन गर्दैछ, राष्ट्रलाई हरियाली र थप समृद्ध भविष्यतर्फ डो-याउँदैछ।’ विज्ञप्तिमा भनिएको छ ।

एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक तथा डिजेल गाडी बिक्री–वितरण गर्दै आइरहेको छ। इलेक्ट्रिक १४ र १५ सिटर प्यासेन्जर भ्यान, कार्गो भ्यान, औमार्क इलेक्ट्रिक तथा फोटोन लाइट ड्युटी ट्रक नेपालमा बिक्री भैरहेका फोटोन मोटर्सका इलेक्ट्रिक गाडीहरु हुन् ।

सम्बन्धित समाचारहरू

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

१० लाखमा ईभी ट्याक्सी किन्न पाइने, मेट्रो अनलाइन ट्याक्सीले ल्यायो किस्ताबन्दी अफर

काठमाडौं – नेपालको विश्वासिलो ट्याक्सी फ्लिट मेट्रो अनलाइन ट्याक्सीले...

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

नाडा अटो शो २०२५ मा दिपलको धमाका : ६०० भन्दा बढी ईभी बुकिङ

काठमाडौं – विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलले हालै सम्पन्न नाडा अटो शो...

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...