सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ बन्यो चीनको सबैभन्दा सुरक्षित कार
सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...
काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले टीएम१ सिंगल क्याब कार्गो पिकअप ट्रक लन्च गर्ने तयारी गरेको छ ।
नेपालमा उपलब्ध हुने टीएम१ ईभी ट्रक विशेष गरी नेपाली बजारको लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसको परीक्षण सकिएको र नेपालको चुनौतीपूर्ण भू–भागमा विगत २–३ महिनामा व्यापक सफल परीक्षणहरू पार गरेको कम्पनीले बताएको छ ।
परीक्षण पश्चात टीएम१ एक बजार परिवर्तकको रूपमा उभिएको छ, जसले यसको उपभोक्ताहरुलाई पर्याप्त बचत प्रदान गर्दै असाधारण प्रदर्शन प्रदान गर्ने बताइएको छ ।
तीन महिना लामो परीक्षणको समयमा नेपालको विभिन्न प्रकारको बाटोमा क्षमता प्रमाणित गर्दै नेपालको बाटोको लागि उपयुक्त भएको विश्वस्त भएपछि नेपालमा लन्च गर्न लागेको कम्पनीका सेल्स हेड नविन आचार्यले जानकारी दिए । उनले भने, ‘केही ड्राइभरहरुमा हामीले कुरा गरे अनुसार परीक्षणको क्रममा ड्राइभरले कार चलाएको फिल गरेको वताए । कमर्सियल गाडीमा यति कम्फर्ट र लक्जरी फिल पहिलो पटक नेपालमा फिल गरेको जनाएका छन् ।’
१२५० केजी लोड क्यापासिटी र सिंगल चार्जमा २८० किमी रेन्ज हुनुका साथै नेपाली बजारमा लामो समय परीक्षणको नतिजा स्वरूप सम्पूर्ण लाभ नेपाली व्यबसायीले लिन पाउने कम्पनीको भनाइ छ ।
अति कम खर्चमा बढी आम्दानी आम्दानी सहित व्यवसायीको जीवनमा आमुल परिवर्तन आउने कुरामा एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालि विश्वस्त रहेको विज्ञप्तिमा जनाएको छ ।
‘फोटोनको टीएम१ नेपालको अटोमोटिभ उद्योगमा एक उल्लेखनीय कोसेढुङ्गा हो, जसले दिगो यातायात समाधानहरूप्रति कम्पनीको प्रतिबद्धता देखाउँछ । यस ग्राउन्डब्रेकिङ इनोभेसनको साथ फोटोनले नेपालमा विद्युतीय ट्रकिङको अनुभव गर्ने तरिकामा आमुल परिवर्तन गर्दैछ, राष्ट्रलाई हरियाली र थप समृद्ध भविष्यतर्फ डो-याउँदैछ।’ विज्ञप्तिमा भनिएको छ ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नेपाली बजारमा विभिन्न प्रकारका इलेक्ट्रिक तथा डिजेल गाडी बिक्री–वितरण गर्दै आइरहेको छ। इलेक्ट्रिक १४ र १५ सिटर प्यासेन्जर भ्यान, कार्गो भ्यान, औमार्क इलेक्ट्रिक तथा फोटोन लाइट ड्युटी ट्रक नेपालमा बिक्री भैरहेका फोटोन मोटर्सका इलेक्ट्रिक गाडीहरु हुन् ।
सेरेस र हुवावेद्वारा उत्पादित एइटो एम९ क्रसओभरले सी–एनक्याप सेफ्टी र...
काठमाडौं – नेपालका लागि ग्रेटवाल मोटर अर्थात जीडब्लुएमको आधिकारिक वितरक...
काठमाडौं – नेपाली बजारमा दुई नयाँ स्पोर्टी मोटरसाइकल भित्रिने भएका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...