फोटोनले थप्यो ५ नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’, देशभर २१ भन्दा बढी स्थानमा नेटवर्क विस्तार
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि...
काठमाडौं – नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकलले टुनल्याण्ड पिकअप गाडीहरूको लागि नयाँ वर्षको आकर्षक स्किम ल्याएको छ।
‘फ्युल योर एम्बिसन, ओउन योर टुनल्यान्ड’ नामक यो अफरले ग्राहकहरूलाई ९.९९ प्रतिशतको कम ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारी साधनको खरदि गर्ने अवसर प्रदान गर्दछ। अफरमा ग्राहकहरुका लागि एक्सचेन्ज विकल्प पनि समावेश छ।
‘यो नयाँ वर्ष हामी हाम्रा ग्राहकहरुका लागि केही विशेष वनाउन चाहन्छौं, र यो अफरले बिशेष खुसियाली ल्याउनेमा हामी विश्वस्त छौं ’, एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकलका सेल्स हेड नवीन आचार्यले भने।, ‘हामीलाई थाहा छ कि गाडी खरिद गर्नु ठूलो निर्णय हो, र हामी हाम्रा ग्राहकहरूलाई उहाँहरूको सपनाको गाडीको स्वामित्व पाउन सजिलो बनाउन चाहन्छौं।’
टुनल्यान्ड पिकअप एक बहुउपयोगी र भरपर्दो सवारी साधन हो जुन व्यक्तिगत र व्यावसायिक प्रयोगको लागि उपयुक्त छ। यो नयाँ वर्षको अफरसँगै, ग्राहकहरूले अब अधिकतम कम मूल्यमा टुनल्याण्ड पिकअप गाडी खरिद गर्न सक्ने कम्पनीको भनाइ छ।
एमएडब्ल्यु वृद्धिको कुनै पनि शोरुममा गएर यो अफर लिन सकिने कम्पनीको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...