काठमाडौं – नेपालका लागि फोटोन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले ललितपुर, बालकुमारीमा आउँदो आइतबार अर्थात चैत ८ गते आफ्नो विश्वस्तरीय सोरुम सार्वजनिक गर्ने भएको छ ।
आफ्ना ग्राहकलाई आत्मविश्वास दिलाउनुका साथै उत्कृष्ट सेवा दिन एमएडब्लु वृद्धिले तीन करोड रुपैयाँभन्दा बढी लगानी गरेर २५ सय स्क्वायर फिटमा फैलिएको नयाँ ‘स्टेट–अफ–आर्ट’ सोरुम संचालनमा ल्याउन लागेको हो ।
नेपालका चर्चित मिडिया पर्सनालिटी सुरज सिंह ठकुरीले संचालन गर्ने ‘लन्च सेरेमोनी’ फोटोन मोटर नेपालको फेसबुक, इन्स्टाग्राम र युट्युब च्यानलमा आइतबार दिउँसो १ बजे प्रत्यक्ष प्रसारण गरिने कम्पनीको भनाइ छ ।
नेपालमा फोटोनको ‘ठूलो योजना’ अन्तर्गत एमएडब्लु वृद्धिले आफ्ना ग्राहकलाई सर्वोत्कृष्ट सेवा दिन यसअघि नै नेपालका विभिन्न १२ स्थानमा आधिकारिक सर्भिस सेन्टर स्थापना गर्नुका साथै थप अन्य स्थानमा सर्भिस तथा स्पेयर पार्ट्स सञ्जाल विस्तार गर्ने योजना बनाएको बताएको छ ।
फोटोन चीनको नम्बर १. कमर्सियल भेइकल ब्रान्ड हो जसले सन् २०२० मा विश्वभर ६ लाख ८० हजार युनिट सेल्स हासिल गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत बढी हो ।
फोटोनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । हाल एमएडब्लु वृद्धिले नेपालमा फोटोनका पिकअप र भ्यान बिक्री–वितरण गर्दै आएको छ ।