बुटवलमा फोटोनको नयाँ शोरुम खुल्दै

काठमाडौं– फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम विस्तार गर्ने भएको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याउन लागेको हो । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिने कम्पनीले जनाएको छ ।

नयाँ शोरुममा फोटोनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम१’ लोकप्रिय मोडल हुन् । टीएम१ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।

नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ शोरुमबाट गाडी किन्दा ग्राहकले फेस्टिवल अफरको समेत फाइदा लिन सक्नेछन् ।

दशैं तिहारलाई लक्षित गरी कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको छ । सो योजनामा ग्राहकले गाडी वुकिङ गर्दा एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्नेछन् ।

सम्बन्धित समाचारहरू

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...

क्याटल ब्याट्री जडित फोटोनको हाई रुफ भ्यान नेपालमा सार्बजनिक हुँदै

क्याटल ब्याट्री जडित फोटोनको हाई रुफ भ्यान नेपालमा सार्बजनिक हुँदै

काठमाडौं– विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलको ब्याट्री जडित...

फोटोन र पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी बनाउने

फोटोन र पियाजिओ मिलेर यूरोपेली बजारका लागी लाइट कमर्सियल ईभी बनाउने

चीनको अग्रणी अटो निर्माता फोटोन र इटालियन ब्रान्ड पियाजिओ मिलेर यूरोपेली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...