फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क, एक घण्टा भित्रै सेवा पाइने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आफ्नो सर्भिस नेटवर्क देशभरि विस्तार गरेको जनाएको छ ।

कम्पनीका सर्भिस हेड विदेश मान सिंह डंगोल भन्छन्, ‘देशका अधिकांश स्थानबाट ग्राहकले अव सेवा लिन पाउनु हुनेछ । अब देशका २५ भन्दा बढी वर्कसपबाट ग्राहकले एक घण्टा भित्र सेवा पाउनु हुनेछ ।’ उनका अनुसार एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालि ग्राहकसँग निरन्तर सम्बन्ध राम्रो बनाइराख्न चाहन्छ र आगामी वर्ष समेत कम्पनी आक्रामक रुपमा सर्भिस नेटवर्क विस्तार गर्ने योजनामा रहेको छ ।

ग्राहकले सर्भिस सम्बन्धी जानकारी ९८०२०५७७२१ र ९८६०२४३६१६ मा कल गरेर लिन सकिने छ ।

हाल एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले नेपाली बजारमा पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९ सिट क्षमताको भ्यान भ्यु सीएस२एल र १६ सिट क्षमताको भ्यान भ्यु सीएस२ तथा विभिन्न प्रकारका एम्बुलेन्स बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

स्कोडा कुशाक फेसलिफ्टको उत्पादन भारतमा सुरु, मार्च २०२६ देखि डेलिभरी हुने

भारतमा स्कोडा कुशाक फेसलिफ्टको उत्पादन औपचारिक रूपमा सुरु भएको छ। स्कोडा...

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

अपडेट भयो स्कोडा कुशाक, डिजाइनमा धेरै परिमार्जन

स्कोडा अटोले आफ्नो लोकप्रिय कुशाक एसयूभीको नयाँ मोडल लन्च गरेको छ ।...

आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम

आकर्षणको केन्द्र बन्दै चांगन अटोको नयाँ सोरुम

नक्शाल हुँदै जाँदा चांगनको नवनिर्मित सोरुमले जो कोहीको पनि ध्यानाकर्षण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...