क्याटल ब्याट्री जडित फोटोनको हाई रुफ भ्यान नेपालमा सार्बजनिक हुँदै

काठमाडौं– विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक क्याटलको ब्याट्री जडित फोटोन ‘हाई रुफ भ्यान’ नेपालमा सार्बजनिक हुने भएको छ । फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले १४ र १५ सिट क्षमतामा सो नयाँ भ्यान सार्बजनिक गर्न लागेको हो ।

सो नयाँ भ्यानमा सेग्मेन्टकै धेरै ८५ किलोवाट पावर रहने कम्पनीले जनाएको छ । साथै यसमा आरामदायी यात्राका लागि फराकिलो इन्टेरियर, ठूला सिट, फूल एसी, लगायत फिचर दिइएको छ । जुन कम्फर्टका हिसावले सेग्मेन्टमै उत्कृष्ट रहेको दावी गरिएको छ ।

सो नयाँ भ्यानमा कम्पनीले ५ वर्ष अर्थात ३ लाख किलोमिटरको वारेन्टि प्रदान गर्ने बताएको छ । जुन नेपालमा उपलब्ध गाडीमध्य सर्बाधिक लामो समयको वारेन्टि अवधी रहेको दावी गरिएको छ । उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेन्टि गर्ने सो भ्यान सुरक्षाको दृष्टिकोले पनि सर्बोत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

फोटोनको हाल नेपाली बजारमा पिकअप, इलेक्ट्रिक लो रुफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्वुलेन्स लगायत उत्पादन उपलब्ध रहँदै आएको छ । आकर्षक लुक्स र पर्फमेन्सका कारण यी उत्पादन नेपाली बजारमा लोकप्रिय बनिरहेका छन् ।

सम्बन्धित समाचारहरू

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...

नयाँ वर्ष अफर : १२ लाख बुझाए फोटोन पिकअप लिन सकिने

नयाँ वर्ष अफर : १२ लाख बुझाए फोटोन पिकअप लिन सकिने

काठमाडौं – नेपालमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि...

फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

फोटोनले नेपाल सहित विश्वव्यापी रुपमा मनायो २८औं वार्षिकोत्सव

काठमाडौं – विश्वको अग्रणी व्यावसायिक सवारी साधन निर्माता कम्पनी फोटोनले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...