फोटोनले थप्यो ५ नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’, देशभर २१ भन्दा बढी स्थानमा नेटवर्क विस्तार
काठमाडौं–फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू बृद्धि...
काठमाडौं– दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडलहरू फोटोन ईभी भ्यान र फोटोन टीएम१ मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ । यसले नेपालीहरूको महान चाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउने विश्वास कम्पनीले लिएको छ ।
ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५ इन्चको स्मार्ट टीभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउने जनाइएको छ । साथै, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुङ मोबाइल उपहारको रूपमा दिइनेछ, जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने छ ।
यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्याेरेन्स (अटो प्लस) र क्यासलेस इन्स्याेरेन्स समावेश छन् । फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म निःशुल्क सर्भिसिङ र फ्रन्ट ब्रेक प्याडको सेट पनि निःशुल्क उपलब्ध गराउने छ । ग्राहकका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्ने बताइएको छ ।
त्यसैगरी, टीएम१ मा नगद छुट ६ लाख ७५ हजार उपलब्ध हुने कम्पनीको भनाइ छ । साथै, हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् । सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा निःशुल्क पाइने छ । त्यसैगरी, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ ।
कम्पनीका अनुसार, यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, भ्याल्यु, केयर र इको–फ्रेन्डली मोबिलिटी पनि उपहार दिनेछ । ईभी भ्यान र टीएम१ दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, जसमा अब दशैं–तिहार बोनस पनि थपिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...