नामी भिगोको आधिकारिक डेलिभरी अब नेपालभर सुरु
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
नेपालगन्ज- गत पुस १४ मा फोटोन नेपालले नेपालगन्जको सिद्धार्थ कटेज रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत् आफ्नो परिवर्तनकारी माउन्टेन ईभी भ्यानको अनावरण गरेको छ।
विशेष गरी नेपालको चुनौतिपूर्ण भूभागको सामना गर्न डिजाइन गरिएको यस माउन्टेन ईभी भ्यानमा ५३.५८ प्रति किमि घण्टा ब्याट्री रहेको छ जसले ३०० किमी सम्मको दायरा प्रदान गर्दछ। १३० प्रति किमि घण्टाको चरम शक्ति र ३३० एमएमको अधिकतम टर्क भएको यो ईभी भिरालो बाटाहरुमा पनि सजिलैसँग यात्रा गर्नेगरी बनाइएको छ।
उद्घाटनको यस महत्वपूर्ण अवसरमा फोटोन नेपालले ३ दिने एक्सक्लुसिभ टेस्ट ड्राइभ कार्यक्रमको पनि आयोजना गर्दैछ जहाँ ग्राहकहरूले माउन्टेन ईभी भ्यानको असाधारण प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। उद्घाटनपछि फोटोन नेपालले सुर्खेत रोड, मिलननगर, वडा–२० (भेरी कर्णाली पेट्रोल पम्पको अगाडि) मा आफ्नो नयाँ शोरुमको पनि उद्घाटन गरेको छ।
एमएडब्लु वृद्धि ग्रुपका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता, वेस्टर्न अटो सेन्टरका प्रबन्ध निर्देशक विवेककुमार श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए। कार्यक्रममा ग्राहकको सुविधा र सहायता अझ बढाउनका लागि संचालित फोटोन सर्भिस सेन्टरको पनि उद्घाटन गरिएको थियो।
माउन्टेन ईभी भ्यान नेपालगन्ज जस्ता सहरहरूमा स्कूल यातायात, सरकारी फ्लीट र कर्मचारी शटलहरू सहित विभिन्न कार्यहरूमा प्रयोगहरूको लागि उपयुक्त छ। १४-१६ सिटको कन्फिगरेसन, फराकिलो भित्री भाग र विलासी डिजाइनको साथमा यसले दैनिक र लामो यात्रा दुवैको लागि सहज र प्रभावकारी यातायात प्रदान गर्दछ।
माउन्टेन ईभी भ्यानका मुख्य विशेषताहरू:
-अटो होल्ड नियन्त्रण
-स्मार्ट पार्किङ सहायता र हिल होल्ड नियन्त्रण
-दुई ड्राइभिङ मोडहरू
-आर१६ टिकाउ टायर
असाधारण पुलिङ पावर, विस्तारित दायरा र उच्च स्तरका विशेषताहरुका साथ माउन्टेन ईभी भ्यानले नेपालको विद्युतीय सवारीको बजारमा नयाँ मानक स्थापित गर्दैछ। यो सुरुवातले देशको यातायात क्षेत्रमा हरित भविष्यको लागि मार्ग प्रशस्त गर्दै स्थिरता र नवीनताप्रतिको फोटोनको समर्पणलाई प्रतिबिम्बित गर्दछ।
नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्ने एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारीमा सन् २०१४ देखि कार्यरत एमएडब्लू वृद्धि अन्तर्गत फोटोन नेपाल सञ्चालित छ।
काठमाडौं, नेपाल – नामी ०१ प्रिमियम ह्याचब्याकको सफलतापछि एमएडब्ल्यू...
काठमाडौं–लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड...
चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार एसयू७ चीनमा लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...