फोटोन मोटर्सले नेपाली बजारमा इलेक्ट्रिक भ्यान ल्याउँदै

काठमाडौं – फोटोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक कार्गो भ्यान र स्कुल भ्यान नेपाली बजारमा ल्याउने भएको छ । फोटोनका यी भ्यानहरु १०० किलोवाट अर्थात १३६ एचपी भन्दा बढी इन्जिन क्षमताको रहेका छन् ।

यी भ्यानहरुको रेन्ज सिङ्गल चार्जमा २५० किलोमिटर रहेको कम्पनीको भनाइ छ । आजको विश्वको मुख्य चुनौती वातावरण प्रदूषण हो, बिजुली गाडी बाट वातावरण प्रदूषण नगन्य मात्रामा हुने भएकोले गर्दा अबको फोटोनको यात्रा बिजुली गाडीतिर बढी केन्द्रित हुनु सकारात्मक रहेको छ ।

फोटोन मोटर्सले वातावरणमैत्री एवम् जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने कार्गो भ्यान नेपाली बजारमा ल्याउने भएको हो । एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले भनेको छ, ‘वातावरणमैत्री एवम् जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बिजुलीबाट उत्पादित यस्ता प्रकारका भेइकलप्रति उपभोक्ताहरुको राम्रो ध्यानाकर्षण भइरहेको र मागहरु बढ्दै गइरहेको तथ्य पछिल्लो बजार तथ्याङ्कले पनि दर्शाएको छ । बिजुली आपुर्ति सहज हुदाँ डिजेल भन्दा बिजुली गाडी सञ्चालन खर्च कम हुने अन्तर्राष्ट्रिय अध्ययनहरुले प्रमाणित गरिसकेको छ । लिथियम ब्याट्रीबाट सञ्चालन हुने बिजुली बस, कार, मोटरसाइकल, स्कुटर आदि उत्पादनमा चीन अरु राष्ट्रहरु भन्दा धेरै माथि रहेको अवस्था छ । उत्पादन संख्या धेरै भएको चीनका उत्पादकहरुले विश्व बजारमा धेरै संख्यामा गाडी तथा ब्याट्रीहरु सुपथ मूल्यमा मागअनुसार निर्यात गरिरहेको छ ।’

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नेपाली बजारमा हाल पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस२, १५–सिट क्षमताको भ्यान भ्यु सी२ र विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल पश्चात भारतमा लन्च भयो प्योर ईभीको पहिलो इलेक्ट्रिक बाइक इट्रिस्ट३५०

नेपाल पश्चात भारतमा लन्च भयो प्योर ईभीको पहिलो इलेक्ट्रिक बाइक इट्रिस्ट३५०

इलेक्ट्रिक टु ह्विल निर्माता कम्पनी प्योर ईभीले आफ्नो पहिलो इलेक्ट्रिक...

किन मनाङमा गरियो म्याक्सस ईटेराेन ९ सार्वजनिक ?

किन मनाङमा गरियो म्याक्सस ईटेराेन ९ सार्वजनिक ?

मनाङ – नेपालमै पहिलो पटक उच्च भू–भागमा लक्जरी इलेक्ट्रिक फोरह्विल...

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

काठमाडौंमा सुरु भयो दिपल एक्सचेन्ज कार्निभल, ईभीप्रेमीको उत्साहजनक सहभागिता

एमएडब्लु वृद्धि अटोकर्पले काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...