जर्मनीलाई पछि पार्दै चीन वन्यो विश्वकै दोस्रो ठूलो कार निर्यातक, इभीको हिस्सामा लगातार बृद्धि
न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो...
काठमाडौं– फोटोनको इलेक्ट्रिक प्यासेन्जर भ्यान नेपाल आएको छ । नेपालका लागि आधिकारिक वितरक एमएडव्ल्यू वृद्धि कमर्सियल भेइकल प्रालिले १४ र १७ सिट अप्सनमा यी भ्यान नेपाल ल्याएको हो । कम्पनीले यो भ्यानको मूल्य भने सार्वजनिक गरिसकेको छैन । अवको केही दिनपछि यसको औपचारिक विक्री शुरु हुने र सोही समयमा मूल्य समेत सार्वजनिक गरिने कम्पनी स्रोतको भनाई छ ।
यो इलेक्ट्रिक भ्यानमा ५०.२३ किलोवाट आवरको व्याट्री प्याक जडान गरिउको छ । जसलाई एकपटक फूल चार्ज गर्दा २३५ किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ । यसको पावर ८५ किलोवाट र टर्क २९० एनएम रहेको छ । यो भ्यानले यूरोपमा गुणस्तरको मापदण्ड पुरा गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि सोही पावरट्रेन जडित इलेक्ट्रिक कार्गोलाई नेपाली बजारमा लन्च गरेको थियो । विस्तारै अन्य रेन्जका इलेक्ट्रिक सवारी साधन पनि नेपाल ल्याउने र इलेक्ट्रिक भेहिकलको बिक्रीमा केन्द्रित हुँदै जाने कम्पनीको भनाई छ ।
फोटोन चीनको एक प्रतिष्ठित अटोमोवाइल कम्पनी हो । यसले इलेक्ट्रिक भेहिकल अन्तर्गत बस, कार, मोटरसाईकल र स्कुटरको समेत उत्पादन गर्दै आइरहेको छ । यसका उत्पादन विश्व बजारमा बिक्री वितरण भैरहेको छ ।
न्यू इनर्जी भेइकलको हिस्सामा निरतरको बृद्धिले चीनलाई विश्वकै दोस्रो ठूलो...
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी–०१ को अल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...