फोटोनको दसैं अफर : ९ लाख ९० हजार बुझाउँदा ७२ लाख रुपैयाँको १९ सिटर भ्यान पाइने

काठमाडौं – फोटोन मोटर्सको १९ सिटर भ्यान भ्यु सीएस२एल किन्ने ग्राहकका लागि कम्पनीले आकर्षक फेस्टिभ अफर ल्याएको छ । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले ‘चाडपर्वको उमंग, फोटोनसँग समृद्धिको शुभारम्भ’ नामक स्किम ल्याएको हो ।

दसैंलाई लक्ष्यित गरी ल्याइएको सो स्किम अन्तर्गत ग्राहकले ९ लाख ९० हजार रुपैयाँ मात्र शुरुमा डाउन पेमेन्टको रुपमा बुझाएर गाडी लैजान सक्ने छन् । एमएडब्ल्यु वृद्धि आफैले उपलब्ध गराएर वा ग्राहकले रोजेको फाइनान्समार्फत सो गाडी किन्नका लागि ८० प्रतिशत सम्म रकम उपलब्ध हुन्छ ।

त्यसैगरी अर्को अफरको रुपमा १ लाख मूल्य सम्मको एसेसरिज समेत ग्राहकले प्राप्त गर्नेछन् । यी दुवै अफर दसैं स्किमको रुपमा मात्र उपलब्ध हुनेछन् ।

एमएडब्ल्यु वृद्धिले सो गाडीमा ५ वर्षको वारेन्टी उपलब्ध हुने बताएको छ । यो ग्राहकका लागि निकै नै महत्वपूर्ण सुविधा हो ।

एमएडब्लु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यानको रुपमा भ्यु सीएस२एल केही दिन पहिले नेपाली बजारमा सार्वजनिक गरेको हो । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।

भ्यु सीएस२एलमा ड्युअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरासहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन् ।

नयाँ भ्यु सीएस२एलमा पावर स्टेयरिङ, पावर विन्डो, एयर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । त्यसैगरी सहजताको लागि यसमा अटो एयर कन्डिसनर, टचस्क्रिन सहितको इन्टिग्रेटेड म्युजिक सिष्टम र अनबोर्ड डायग्नोस्टिक र सनरुफ जस्ता फिचर समेत उपलब्ध छन् । नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...