फोटोन भ्यान किन्दा १२ लाख रुपैयाँ बुझाए पुग्ने, पहिलो तीन महिना किस्ता नै तिर्नु नपर्ने

काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ ।

सेभ टनाटन अर्न टनाटन स्लोगन सहित ल्याइएको सो योजना अन्तर्गत कम्पनीको भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिना सम्म किस्ता तिर्नु नपर्ने भएको छ । ८० प्रतिशत सम्म फाइनान्स, २ लाख ५० हजार रुपैयाँ सम्म छुट र १२ लाख रुपैयाँ मात्र डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ ।

साथै १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । यो भ्यानको मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ भने पिकअप टुनल्यान्डको लागि पनि छिटै नै दसैं अफर आउने छ ।

फोटोन भ्यु सीएस२ एल १९ सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ । यो भ्यानमा डुअल एअर ब्याग, इबीडी सहितको एबीएस, फोल्डेबल सिट, क्यामेरा सहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर उपलव्ध छन् ।

सम्बन्धित समाचारहरू

चाइनिज ब्रान्ड चेरीले पायो जनवरीमा ऐतिहासिक निर्यात सफलता : नेपाली बजार आशावादी

चाइनिज ब्रान्ड चेरीले पायो जनवरीमा ऐतिहासिक निर्यात सफलता : नेपाली बजार आशावादी

चीनमा चेरी ग्रुपले जनवरी महिनामा गत वर्षको यही महिनाको तुलनामा २० प्रतिशत...

स्कोडाले थप्यो कुसाकको इन्ट्रि लेवल भेरियन्ट, एक्टिभन्दा १ लाख भारुले सस्तो

स्कोडाले थप्यो कुसाकको इन्ट्रि लेवल भेरियन्ट, एक्टिभन्दा १ लाख भारुले सस्तो

स्कोडाले कुसाकको लाइनअपमा अर्को सस्तो भेरियन्ट एक्टिभ पिसलाई थप गरेको छ ।...

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिकी ब्रान्डको नेपाली बजार : फ्लप बन्दै केही ब्रान्ड, आशा जगाउँदै जिप

अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक हो । सबैभन्दा ठूलो अर्थतन्त्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...