स्कोडाको नयाँ सोरुम खुल्यो पोखरामा
पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ ।
सेभ टनाटन अर्न टनाटन स्लोगन सहित ल्याइएको सो योजना अन्तर्गत कम्पनीको भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिना सम्म किस्ता तिर्नु नपर्ने भएको छ । ८० प्रतिशत सम्म फाइनान्स, २ लाख ५० हजार रुपैयाँ सम्म छुट र १२ लाख रुपैयाँ मात्र डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ ।
साथै १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ । यो भ्यानको मूल्य ७२ लाख रुपैयाँ रहेको छ ।
कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस२ एल यो छुट पाइनेछ भने पिकअप टुनल्यान्डको लागि पनि छिटै नै दसैं अफर आउने छ ।
फोटोन भ्यु सीएस२ एल १९ सिटे भ्यान हो जसमा विश्वमै सबैभन्दा बढी विश्वासिलो आईएसएफ २.८ लिटरको कमिन्ज इन्जिन राखिएको छ । यसमा रहेको थप तीन वटा सिटले गर्दा दुई गुणा बढी आम्दानी हुन्छ । यो भ्यानमा डुअल एअर ब्याग, इबीडी सहितको एबीएस, फोल्डेबल सिट, क्यामेरा सहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ, चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता बेस्ट इन क्लास फिचर उपलव्ध छन् ।
पोखरा – स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा...
काठमाडौं – नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट...
भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...