नाइमामा लन्च भयो फरथिङ फ्राइडे ईभी, मूल्य कति ?

काठमाडौं – आज देखि प्रारम्भ भएको नाइमा नेपाल मोबिलिटी एक्सपोमा नयाँ ईभी ब्रान्ड फरथिङको फ्राइडे ईभी लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले सो ईभी सार्वजनिक गरेको हो ।

लक्जरी र एक्सक्लुसिभ गरी दुई भेरिएन्टमा उपलब्ध हुने सो ईभीको मूल्य क्रमशः ४८ लाख ९६ हजार र ५४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो मूल्य पहिले भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य भन्दा कम हो ।

६४.४ किलोवाट आवरको ब्याट्री प्याक जाडन गरिएको यस ईभीमा ९९ किलोवाट क्षमताको मोटर राखिएको छ । सिंगल चार्जमा यसले ४०० किलोमिटर रेन्ज दिने दाबि गरिएको छ । एसयुभीमा ११ किलोवाट क्षमताको अन–वोर्ड चार्जर पाउन सकिन्छ भने यसले १२० किलोवाट सम्मको डिसी चार्जर समेत सपोर्ट गर्दछ ।

फरथिङ फ्राइडेमा भेन्टीलेटेड, हिटेड, मसाज र मेमोरी सिट उपलब्ध गराइएको छ । ८.८ इन्चको एलसीडी इन्स्टुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६स्पीकर सहितको म्युजिक सिस्टम लगायत फिचर यसमा पाउन सकिन्छ ।

सुरक्षाका लागि यसमा एडास फिचर सहित ६ वटा एयरव्याग, एबीएस, इबीडी, सीबीडी, एचबीए, इबीए, बीए, एएसआर, टीसीएस, टीआरसी, इएसपी, अटोमेटिक पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामरा, फ्रन्ट/रियर पार्किङ राडार, एडाप्टीभ क्रुज कन्ट्रोल अपहिल/डाउनहिल असिस्ट लागयत विशेषता पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

नेपाल मोबिलिटी एक्सपो २०२५ का संयोजक शिरिस कुमार मुरारकासँगको अन्तर्वार्ता

सवारी साधन उत्पादन र आयात गर्ने व्यवसायी मिलेर हालै गठन गरिएको नेपाल...

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बुकिङ खुल्ला

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

करका दर नचलाएकोमा नाइमाले सरकारलाई दियो धन्यबाद

करका दर नचलाएकोमा नाइमाले सरकारलाई दियो धन्यबाद

आर्थिक वर्ष २०८२/८३ को बजेटलाई नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...