मोटो जीपी रेसमा भाग नलिने सुजुकीको निर्णय, खस्कदो वित्तिय अबस्था प्रमुख कारण
जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...
इलेक्ट्रिक कारबीच हुने प्रतिस्पर्धा फर्मुला–ई रेसिङ आयोजना गर्ने कम्पनी एबीबी फर्मुला–ईले चाँडै नै भारतमा इलेक्ट्रिक रेसिङ कारका लागि नयाँ प्रतिस्पर्धा सुरु गर्ने घोषणा गरेको छ ।
फर्मुला–ईका आयोजकहरूले मंगलबार तेलंगाना सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अहिले सम्म यस प्रकारको रेसिङ जर्मनी, रुस, अमेरिका, चीन र अर्जेन्टिना जस्ता देशमा मात्रै आयोजना हुन्थ्यो । भारत पनि यस्ता एलिट क्लास रेसिङ प्रतियोगिताको आयोजकमा सामेल भएको छ ।
हैदरावाद सो च्याम्पियनसिप आयोजना गर्नमा बाजी लगाउने विश्वका ६० सहरहरूमध्ये
एक हो । सो रेस २.३७ किलोमिटरको ट्रयाकमा सचिवालय परिसर र लुम्बिनी पार्क रोडमा आयोजित हुनेछ ।
यो फर्मुला–ई रेसिङको आठौंं कार्यक्रम हो । भारतमा सो रेसको आयोजना गर्नुमा महिन्द्रा समूहको ठूलो योगदान हुनेछ । महिन्द्राको ई–रेसिङ टोलीले वर्षौदेखि फर्मुला–ई रेसिङमा भाग लिदै आइरहेको छ । यो वर्षको प्रतियोगितामा भारतका धेरै रेसिङ टोलीले भाग लिने अपेक्षा गरिएको छ ।
फर्मुला–ईले भविष्यमा हैदराबाद ई–प्रिक्स रेसिङको लागि ऊर्जा कम्पनी ग्रीनकोसँग साझेदारी गरेको छ । हैदरावाद स्थित ग्रीनको समूह स्वच्छ र किफायती ऊर्जा प्रदान गर्न काम गरिरहेको छ ।
फर्मुला–ई सिजन ८ यसै महिनाको अन्त्यमा साउदी अरेबियाको दिरियामा २८ जनवरीमा सुरु हुने तय गरिएको छ । सो रेसिङमा कुल १६ रेस विश्वका विभिन्न सहरमा आयोजना हुनेछन् । रेसको समापन अगस्तमा हुनेछ ।
जापनिज टु ह्विलर ब्रान्ड सुजुकीले मोटो जीपी रेसमा अवउप्रान्त कहिल्यै पनि...
सुजुकी गाडीको मनसुन क्याम्प आजबाट शुरु भएको छ । नेपालका लागी आधिकारिक...
काठमाडौं – सुजुकीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...