जेइको जेसिक्स र ओमोडा ई५ को १०० युनिट एकै दिनमा डेलिभरी सम्पन्न
काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
यस वर्षको बेइजिङ अटो शोमा फक्सवागन र टोयोटालगायत अन्य अटो निर्माताहरूले चिनियाँ ईभी निर्मातासँग साझेदारी गरेको रिपोर्ट सार्वजनिक भएको छ ।
यसै सातादेखि सुरु भएको शोमा केही विदेशी अटो निर्माताको मनोवृत्तिमा स्पष्ट परिवर्तन आएको उद्योग अधिकारीले बताएका छन् । गत वर्ष सांघाईमा भएको कार्यक्रममा बीवाईडी र अन्य चिनियाँ अटोमेकरले हासिल गरेको ठूलो फड्कोबाट प्रभावित भएर विदेशी अटो निर्माता अब चिनियाँ साझेदार खोज्दै नयाँ गठबन्धनको घोषणा गरिरहेका छन् ।
उक्त शोमा सबैभन्दा सक्रिय युरोपेली र जापानी अटोमेकर थिए । टोयोटा मोटरले चिनियाँ गेमिङ र सोशल मिडिया विशाल टेन्सेन्टसँग आर्टिफिसियल इन्टेलिजेन्स र बिग डाटामा टोली बनाउने घोषणा ग¥यो ।
रेनोका एक कार्यकारीले चिनियाँ ईभी निर्माता ली अटो र स्मार्टफोन निर्माता शाओमीसँग ईभी र स्मार्ट वाहन प्रविधि अन्वेषण गर्न महत्वपूर्ण वार्ता गरेका छन् । यसैबीच निसानले एआई र स्मार्ट कार अनुसन्धान गर्न चिनियाँ टेक फर्म बाइडुसँग सम्झौता गरेको घोषणा गरेको छ ।
सन् १९९० को दशकदेखि विदेशी ब्रान्डले चीनको अटो व्यवसायमा प्रभुत्व जमाउँदै आएका छन् । गत वर्ष चीनको यात्रुवाहक कार बजारमा विदेशी ब्रान्डको हिस्सा ४८ प्रतिशतमा झरेको छ । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सको तथ्याङ्कअनुसार २ वर्ष अघि मात्रै ५७ प्रतिशतले घटेको थियो ।
फक्सवागनले सन् २०३० सम्ममा चीनमा सबैभन्दा बढी बिक्री हुने विदेशी अटोमेकर बन्ने लक्ष्य राखेको छ । जर्मनीको पावरफुल कार लबी भीडीएका अध्यक्ष हिल्डगार्ड मुलरले जर्मन अटोमेकरले चिनियाँ उपभोक्तालाई आकर्षित गर्न नयाँ मार्केटिङ रणनीति खोजिरहेको जानकारी दिएका छन् ।
रिपोर्टका अनुसार टोयोटाका जीएसी र एफएडब्ल्युसँगको चीनको संयुक्त उद्यमले गत वर्ष चिनियाँ अटो बजारको ७.९ प्रतिशत कब्जा गरेको थियो, जुन २०२२ मा ८.६ प्रतिशत थियो । पेट्रोलबाट चल्ने कारको बिक्रीमा कमी र विदेशीबाट चिनियाँ ब्रान्डमा परिवर्तन भएका कारण फोर्ड र जनरल मोटर्स सहित प्रमुख अमेरिकी ब्रान्डको चीनमा आफ्नो बजार हिस्सा घटेको छ ।
काठमाडौँ – ओमोडा एन्ड जेइको ब्रान्डको नेपालका लागि आधिकारिक वितरक एसपीजी...
टाटा पन्च ईभी लन्च हुनु अघि सो कारको टिजर सार्वजनिक भएको छ । कम्पनीले टाटा...
काठमाडौं – लोकप्रिय हास्य कलाकार हरिबंश आचार्य प्रसिद्ध चिनियाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...