लविम मलमा क्रिसमस रौनक, निलो पहिरनका सान्ता र फोर्ड गाडीको आकर्षण

काठमाडौ – ललितपुरको लविम मलमा फोर्ड गाडीका साथमा निलो पहिरनमा सजिएका सान्ताका साथ विभिन्न उपहार समेत प्राप्त गर्न सकिने अवसर उपलब्ध छ ।

फोर्ड गाडीको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले क्रिसमसको उपलक्ष्यमा लविम मलले हरेक वर्षझै गर्ने हर्षोल्लासमय पर्वमा सहकार्य गर्दै विभिन्न उपहारहरु ग्राहकवर्गमाझ बाडिरहेको छ ।

ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी फोर्ड इकोस्पोर्ट र फोर्ड फ्रिस्टाइलको टेष्ट ड्राइभको पनि व्यवस्था गरिएको छ । सो उत्सवमा ग्राहकहरुले विभिन्न अद्भुत र आश्चर्यजनक खेल, प्रतियोगिताहरुको साथै यसपाली अलि फरक किसिमको सान्तासँग अन्तरक्रिया गर्ने मौका पनि प्राप्त गरेका छन् ।

पहिला देखि नै हामीले सान्तालाई रातो र सेतो पहिरनमा देख्दै आइरहेको छौ भने यसपाली लविममा सान्ता नीलो र सेतो पहिरनमा प्रस्तुत भएका छन् ।

साथै यस उत्सवमा फोर्डको २०२१ संस्करण गाडी २०२० कै मूल्यमा बुकिङको व्यवस्था पनि गरिएको जीओ अटोमोबाइल्सका सिनियर मार्केटिङ अफिसर पंकज यादवले बताए ।

प्रदर्शनी तथा टेष्ट ड्राइभ
सो उत्सवमा ग्राहकवर्गले आफ्नो छनौटको फोर्ड गाडी अवलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने सुविधाको पनि व्यवस्था गरिएको छ । फोर्ड विक्री प्रतिनिधिले इच्छुक ग्राहक वर्गको लागि विभिन्न फोर्ड गाडीको प्रदर्शन गरिरहेका छन् ।

फोटो प्रतिस्पर्धा
कम्पनीको डिजिटल प्रचार अन्र्तगत उत्सवमा सहभागीहरुले तल्लो फ्लोरमा रहेको क्रिसमस ट्री (एल जी टी) सँगै फोटो खिची आफ्नो सोसियल मिडिया (पब्लिक पोष्ट) मा निम्न ह्यासट्याग #FORD_WINTER_FEST #FORD NEPAL #LABIM MALL पोष्ट गरी दैनिक आकर्षक उपहार जित्न सक्ने छन् । प्रतिस्पर्धाको विजेताले आकर्षक उपहार एमआई फिट ब्याण्ड प्राप्त गर्नेछन् ।

निलो सान्ता
सान्ता जसलाई रातो र सेतो पहिरनमा देख्छौ । क्रिसमसमा फोर्डले फरक परिदृश्यमा सान्तालाई प्रस्तुत गरेको छ। सान्ता फोर्डको निलो पृष्ठभूमिमा राम्रो साजसज्जाका साथ प्रस्तुत हुँदै उपहार चकलेट बाँड्दै लविम मलको दर्शकमा प्रेमभाव व्यक्त गरिरहेका छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...