फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज, उकालो सडकमा अरु गाडीलाई नहराएमा बुकिङ रकमको दोब्बर फिर्ता

काठमाडौँ – नेपालका लागि फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ ।

फोर्ड इकोस्पोर्ट आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली एसयूभी भएकाले सोाही शक्तिलाई प्रमाणित गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको बताएको छ ।

ग्राहकले यस योजनामा भाग लिन न्यूनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्छन् । फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअप धेरै राम्रो भएकोले यसले ठाडो उकालो सडकमा चुनौती दिन सक्छ । यही विश्वसनियताका कारण फोर्डले आफ्नो गाडी इकोस्पोर्टले अन्य कुनै पनि गाडीलाई चुनौती दिने बताएको छ । कम्पनी यति विश्वस्त छ कि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकम भन्दा दोब्बर रकम फिर्ता पाउने बताएको छ ।

फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयूभी, बहुआयमिक तवरले लोकप्रिय एसयूभी हो र यसको २०२० मोडेलमा बहुमुखी प्रतिभा र क्षमता प्रदान गर्दै थप परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध छन् । १५०० सीसी ड्रयागन सिरिज इन्जिन जडित र १२२ पीएस पावर प्रदान गर्ने इकोस्पोर्ट एसयूभी क्षेत्रमा सबैभन्दा शक्तिशाली एसयूभी भएको कम्पनीको भनाइ छ ।

सन् २०२० मा बनेको इकोस्पोर्ट बीएस ६ मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध भएको बताइएको छ । यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ ।

  • फोर्ड ईकोस्पोर्ट एसयूभी श्रेणीमा सबैभन्दा शक्तिशाली एसयूभी हो ।
  • १५०० सीसी ड्रयागन सिरिज इन्जिन जडित फोर्ड इकोस्पोर्ट १२२ पीएस पावरका साथ आफ्नो सेगमेन्टमा सबैभन्दा शक्तिशाली गाडी भएको बताइएको छ ।
  • इकोस्पोर्टले आफ्नो पावरको अनुभव गर्न दिन, यस सेगमेन्टमा तपाईंको छनौटको अन्य गाडीका साथ उकालोमा चलाउने चुनौती योजना ल्याएको छ ।

पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ टीआई–भीसीटी पेट्रोल इन्जिन समावेश छ, जसले १२२ पीएस पावर र १४९ एनएम टर्क जेनेरेट गर्छ । पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस ६ मा आधारित १.५ लिटर टीडीसीआई डिजेल इन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्क जेनेरेट गर्छ । यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । इकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरिएन्टमा पनि उपलब्ध छ ।

२०२० इकोस्पोर्टमा ग्राहकहरुको लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ । यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटा सम्म एयरव्याग रहेको छ । यसको माथिल्लो मोडलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टचस्क्रिनयुक्त सिंक ३ सिस्टम, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो उपलब्ध छ ।

यसमा ९ इन्च टचस्क्रिनमा आधारित इन्फोटेनमेन्ट प्रणाली रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डे टाइम रनिङ लाइट, रेन सेन्सिङ वाइपर र अरु धेरै उच्चतम प्रविधि पाउन सकिन्छ ।

फोर्ड इकोस्पोर्टका अन्य विशेषता र मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...