२०२० कै मूल्यमा २०२१ को फोर्ड इकोस्पोर्ट, स्पट बुकिङ गर्दा २५ हजारको सपिङ भौचर

काठमाडौं – क्रिसमसको अवसरमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले ललितपुरको लविम मलमा फोर्डका दुई गाडी इकोस्पोर्ट र फ्रिस्टाइल डिस्प्ले गरेको छ ।

हाल नेपाली बजारमा फोर्डका २०२१ मोडलका गाडी उपलब्ध भए पनि २०२० कै मूल्यमा उपलब्ध छन् । झन् यही समयमा लविम मलमै इकोस्पोर्ट बुकिङ गर्ने ग्राहकले अन्य छुटका अतिरिक्त २५ हजार बराबरको सपिङ भौचर समेत प्राप्त गर्न सक्ने जीओ अटोमोबाइल्सका सिनियर मार्केटिङ अफिसर पंकज यादवले बताए ।

यस्तो छ फोर्ड इकोस्पोर्ट
नेपाली अटो बजारका लागी इकोस्पोर्ट केही पुरानो मोडल भएपनि यसको बजार भने सदाबहार रहेको छ । पहिलो पटक नेपाल भित्रिएको कम्प्याक्ट एसयूभी भएकोले समेत यसको महत्व छुट्टै छ ।

यो अमेरिकन कम्पनी फोर्डले भारतमा उत्पादन गरेको कार हो । भारतमा सार्वजनिक भएको दुई महिनालगतै सन् २०१३ मा सो एसयूभी नेपालमा भित्रिएको थियो ।

इकोस्र्पोट नेपालमा उपलब्ध सबैभन्दा सुरक्षित भएकै कारण ग्राहकको मन जित्न सफल भएको दावी कम्पनीको छ । आधुनिक फिचर्स, गाडीको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, माइलेजका कारण धेरैले यसलाई रुचाएका छन् । ८ वटा कलर अप्सनका कारण पनि उपभोक्ताले इकोस्पोर्टमा आफ्नो रुचिको कार छान्ने अप्सन बढी मात्रामा पाएका छन् । यो १५ सय सीसीको कम्प्याक्ट एसयूभी हो । इकोस्र्पोट पेट्रोल र डिजेल गरी भिन्न १० वटा भेरिएन्टमा उपलब्ध छ ।

यसमा ५ सिट क्षमता छ भने ५२ लिटरको टयांकी छ । ग्राउण्ड क्लियरेन्स २०० मिलिमिटर छ । प्रतिलिटर पेट्रोलमा यो गाडीले १८ दशमलब ८८ किलोमिटर र डिजेलमा २२ दशमलव २७ किलोेमिटर माइलेज दिने कम्पनीको दाबी छ । आकर्षक डिजाइनको यो गाडीमा आधुनिक प्रविधिको म्युजिक सिस्टमसहित लक्जरियस सिट छ ।

पेट्रोल भर्सनको इकोस्पोर्टको मूल्य न्युनतम ३६ लाख ९० हजारदेखि ५० लाख ९० हजार रुपैयाँ सम्म छ । डिजेल कारको मूल्य भने ३९ लाख ९९ हजारदेखि ४९ लाख ४० हजार रुपैयाँ सम्म छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...