भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
फोर्स मोटर्सले १० सिट क्षमता भएको नयाँ एमयूभी (मल्टी यूटिलिटि भेहिकल) सीटीलाईन सार्वजनिक गरेको छ । यो नयाँ एमयूभीको मूल्य १५ लाख ९३ हजार भारु निर्धारण गरिएको छ । कर्मसीयल भेइकलका रुपमा प्रयोग हुँदै आएको ट्रयाक्स क्रुजरमा आधारीत यो नयाँ गाडीलाई निजी भेइकलका रुपमा समेत प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।
यो नयाँ गाडीमा फोर्सले मर्सिडिज बेन्जकोे २.६ लीटर डिजेल इन्जिन जडान गरेको छ । जसको पावर ९१ एचपी र टर्क २५० एनएम छ । यसमा फाइभ स्पीड गियर बक्स दिइएको छ । हालका लागी यो एमयूभी एउटामात्र भेरिएन्टमा उपलब्ध रहेको छ ।
यसमा ४ वटा सीट लहर दिइएको छ । जसमा दोस्रो र चौथो लहरमा वेन्च सीट पाउन सकिन्छ भने तेस्रो लहरमा क्याप्टेन चेयर दिइएको छ । दोस्रो लहरको सिटलाई ६०ः४० मा स्प्लिट गरेर चौथो लहरमा जान सकिन्छ ।
सीटीलाइनको इन्टेरियर एकदमै सामन्य रहेको छ । यसमा इन्फोटेन्मेन्ट सीस्टम समेत दिइएको छैन भने पावर विन्डो, पावर स्टेरिङ ह्वील, फराकिलो ड्यासबोर्ड, डुअल एसी सिस्टम, आकर्षक सेन्टर कन्सोल, पछाडि बस्ने यात्रुका लागि रुफ माउन्टेड एसी भेन्ट दिइएको छ । यसमा सुरक्षा फिचरको रूपमा एवीएस र ईबीडी लगायत फिचर दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...