भिनफास्टको भीएफ५ अपडेटसहित लन्च, ३७० किलोमिटर रेन्ज दिने
भिनफास्टले कम्प्याक्ट इलेक्ट्रिक एसयूभी भीएफ५ को फेसलिफ्ट संस्करण...
फोर्स मोटर्सले नयाँ एमयूभी सिटीलाइन लन्च गरेको छ । यस कारको विशेषता भनेको यसमा १० जना एकैसाथ यात्रा गर्न सकिन्छ । कारको मूल्य १५ लाख ९३ हजार भारु राखिएको छ ।
हाल कम्पनीले यसलाई कमर्सियल कारका रुपमा लन्च गरेको भएपनि यसको नन कमर्सियल भेरिएन्ट पनि छिट्टै बजारमा ल्याइने अनुमान गरिएको छ । कारलाई १० सिटरको रूपमा डिजाइन गरिएको भए पनि यसमा १२ देखि १३ जनासम्म सजिलै बस्न सकिन्छ ।
कम्पनीले सो कारलाई फोर्स सिटीलाइन नाम दिएको छ । कारमा नयाँ फ्रन्ट फेसिया र ग्रिल रहेको छ । कारको पछाडि बस्नेलाई छुट्टै भेन्ट पनि दिइएको छ । कारमा पावर स्टेयरिङ र एबीएससँगै ईबीडीको फिचर उपलब्ध छ ।
सो कारमा मर्सिडिजको एफएम २.६ सीआर टर्बो डिजेल इन्जिन दिइएको छ । सो इन्जिनले ९१ बीएचपी पावर जेनेरेट गर्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिइएको छ । सो कारले कमर्सियल बजारमा टोयोटा इनोभासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले फोर्सका गाडीहरु बिक्री–वितरण गरिरहेको छ । भविष्यमा फोर्सको नयाँ एमयूभी समेत नेपाली बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...