बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फका उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठको टिमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुको दस्तावेज सार्वजनिक गरेको छ ।
अञ्जन श्रेष्ठका साथै यो समूहमा अटोमोबाइल क्षेत्रका धेरै व्यवसायीहरु प्रतिस्पर्धामा छन् । यसले गर्दा पनि अटोमोबाइल क्षेत्रका लागि विशेष चासोको विषय बनेको छ ।
बरिष्ठ उपाध्यक्षका दाबेदार किशोर प्रधानको टिममा एसोसिएट उपाध्यक्षमा ज्योति समूहका निर्देशक सौरभ ज्योति, बस्तुगत उपाध्यक्षमा लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । प्रधान बाहेक उपाध्यक्षका तिनैजना दाबेदार अटोमोबाइल व्यवसायी समेत हुन् ।
सौरभ ज्योतिको स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होन्डा मोटरसाइकल र कार एवं हेल्मेट तथा लुब्रिकेन्ट्स समेत आयात गरी कारोबार गर्दै आइरहेको छ ।
उपाध्यक्षका अर्का दाबेदार अञ्जन श्रेष्ठको लक्ष्मी समूहले हुन्डाई ब्रान्डका कार तथा एसएमएल इसुजु ब्रान्डका कमर्सियल भेइकल, टोटल र एस आयल लुब्रिकेन्ट्स, नेक्सन र योकोहामा टायर तथा ब्याट्री समेत आयात गरी कारोबार गर्छ ।
जिल्ला नगरमा उपाध्यक्षका दाबेदार दिनेश श्रेष्ठको श्रेष्ठ ट्रेडिङ कन्सर्नले केहि समय पहिलेसम्म ताइवानी कम्पनीको एसवाईएम ब्रान्डको मोटरसाइकल तथा स्कुटर आयात गरी कारोबार गर्दै आइरहेको थियो । हाल उनको यो कम्पनीले स्न्याप अन र मेटाफाइभ ब्रान्डका वर्कशप इक्विपमेन्टस् आयात गरी कारोबार गर्दै आइरहेको छ ।
दस्तावेजमा सबै वस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषयलाई केन्द्रित गरेको हो ।
निर्वाचनमा सफलता हातपारेपछि आफ्नो टिमले गर्ने कामको दस्तावेज सहितको पुस्तक सो टिमले सार्वजनिक गरेको हो ।
‘हामीले निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न वस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेका छौं’,उपाध्यक्षका उम्मेदवार श्रेष्ठले भने ।
उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएको बताइएको छ ।
‘सबल, सक्षम र सफल’ निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै भोलिका दिनमा नेपालमा व्यवसायिक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न लागि पर्ने जनाइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...