नाडा अटो शोमा दिपलको उड्ने कार र रोबोट अवलोकन गर्न पाइने

भदौ ३ गतेदेखी सुरु हुने नाडा अटो शोमा उड्ने कार र रोबोट देख्न पाइने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा यो वर्ष आधुनिक उपकरण देख्न पाइने भएको हो ।

नाडाले मंगलबार नाडा अटो शो २०२५ बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

दिपलको उड्ने कार ‘दिपल इभीटीओल युएभी’ र चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको युनिट्री रोबोट नाडामा प्रदर्शनीका लागि राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी गराए ।

एमएडब्लु बृद्धि आधिकारिक वितरक रहेको युनिट्री ‘नाडा अटो शो २०२५’ को टाइटल स्पोन्सर समेत रहेको छ । हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले युनिट्री रोबोटको ट्रेडमार्क बनाएर यही नाममा रोबोट म्यान र रोबोट डग उत्पादन गरिरहेको छ । नाडा अटो शोमा रोबोट म्यान तथा रोबोट डग दुवै प्रदर्शनीमा राखिने भएको छ ।

सम्बन्धित समाचारहरू

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

नाडाले भन्यो-‘मौद्रिक नीति अपेक्षा अनुसार आएन’

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति...

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

नाडाद्वारा ट्राफिक जनचेतनामूलक सामग्री हस्तान्तरण

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि नयाँ दिल्लीमा ४ बुँदे सम्झौता

नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि नयाँ दिल्लीमा ४ बुँदे सम्झौता

नेपालको अटोमोबाइल्स क्षेत्रको विकासका लागि भारतको नयाँ दिल्लीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...