विद्युतीय सवारीको करको दरमा केही हेरफेर, यस्तो छ व्यवस्था
काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा प्रारम्भ भएको नाडा अटो शो २०२५ को प्रमुख आकर्षण उड्ने ट्याक्सी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो नेपालकै पहिलो उड्ने ट्याक्सी ईभीटोल सार्वजनिक गरे ।
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखेको हो ।
यो प्रदर्शनीमा चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने कार पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिएको हो ।
दुईजना वस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर मात्रै छ ।
यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी–प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले शहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ ।
यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ ।
काठमाडौं – अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले...
सवारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२४ भोलीदेखी काठमाडौंमा आयोजना हुँदै...
भल्वो सी४० रिचार्ज ईभी आधिकारिक रूपमा भारतमा सार्वजनिक गरिएको छ । जुलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...