नेटा भीको मासिक किस्ता ५२ हजार, डाउनपेमेन्ट ७ लाख ६० हजार, प्रतिकिलोमिटर ५० पैसा खर्च
फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...
इलेक्ट्रिक भेइकल, हाइब्रिड कार र सोलार कार पछि अब नयाँ फ्युलको चर्चा चलेको । युरोपेली कार बजारमा सो फ्युलको प्रयोग भइरहेको छ । जसको नाम फ्लेक्स फ्युल राखिएको छ । बढ्दो प्रदूषण र महँगो पेट्रोल तथा डिजेलको कारण फ्लेक्स फ्युल राम्रो विकल्प हुनेछ । फ्लेक्स फ्युल के हो र यो कसरी लाभदायक हुन्छ ? जानौं ।
फ्लेक्स फ्युल इन्टरनल कम्बसन फ्युल हो । यो पेट्रोल र डिजेल जस्तै हुन्छ । यो पेट्रोल र इथानोलको संयोजनबाट तयार हुन्छ र यसमा पेट्रोलको अंश पनि हुन्छ । सवारी साधनमा फ्लेक्स फ्युल प्रयोगको लागि सवारी साधनलाई फरक किसिमले डिजाइन गर्नुपर्छ । तर, फ्लेक्स फ्युल इन्जिन गाडीमा डिजेल वा पेट्रोल राख्न सकिन्छ ।
फ्लेक्स फ्युलको मूल्य प्रति लिटर करिव १५० रुपैयाँको हाराहारी हुन्छ । साथै, यसले प्रदूषण पनि धेरै कम गर्छ । फ्लेक्स फ्युलले इन्जिनको आयु पनि धेरै लामो हुन्छ ।
फ्लेक्स फ्युलको बारेमा २ प्रकारका धारणा बाहिर आएका छन् । एकातिर विज्ञहरू ५ वर्षअघि फ्लेक्स फ्युल आएको भए कुरा अर्कै हुने र अहिले ईभीको जमाना भएको बताउँछन् । अर्कोतर्फ, इलेक्ट्रिक कार खरिद गर्न नसक्नेलाई फ्लेक्स फ्युल राम्रो विकल्प हुने बताउँछन् ।
फ्लेक्स फ्युल प्रयोग गर्ने पहिलो कम्पनी होन्डा हो । कम्पनीले यो फ्युलको कार छिट्टै बजारमा ल्याउनेछ । कम्पनीले आफ्नो सबैभन्दा लोकप्रिय मोडल होन्डा एक्टिभामा फ्लेक्स फ्युल इन्जिन प्रयोग गर्ने चर्चा छ । होन्डाका साथै टोयोटाले पनि छिट्टै आफ्नो कोरोला वा क्यामरीको फ्लेक्स फ्युल भेरिएन्ट भारतमा सार्वजनिक गरेको छ ।
फाइनान्स सुविधामा नेटा भी खरिद गर्न चाहने ग्राहकले मासिक किस्ता ५२ हजार...
थाइल्यान्डमा नेटा एक्स ईभी लन्च भएको ७२ घण्टामै एक हजार युनिट भन्दा बढी...
हाई–इन्ड कार बिक्रीका आधारमा स्थापना भएको चार वर्षको अवधिमै लक्जरी कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...