प्रोटोन कार किन्दा ५ वर्षसम्म निशुल्क पेट्रोल, अन्य सुबिधा पनि

काठमाडौं–प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निशुल्क पेट्रोल पाइने भएको छ । प्रोटोनको नेपालका लागि आधिकारिक विरतक जगदम्बा मोटर्सले एक्स७० र एक्स५० मोडलमा यस्तो अफर ल्याएको हो । अफर डिसेम्वर २०२४ सम्मका लागि लागु हुने जनाइएको छ ।

निशुल्क पेट्रोल बाहेक ग्राहकले इन्सुरेन्स र २ वर्षसम्मको सर्भिसिङ शुल्क समेत छुट पाउनेछन् । साथै, ५ वर्षको वारेन्टि र आकर्षक एक्सचेन्ज बोनस समेत पाइनेछ । निशुल्क पेट्रोल दिने स्किम यसअघि फोर्ड, सिट्रोन, निशान र सुजुकिले समेत ल्याएका थिए ।

मलेशियन ब्रान्ड प्रोटोनको एक्स५० कुल तीन भेरिएन्टमा बिक्री हुँदै आएको छ । जसअनुसार स्ट्यान्डर्ड भेरिएन्टको मुल्य ७२ लाख, प्रिमियमको ८० लाख र फ्ल्यागशिपलाई ८५ लाख रुपैयाँ पर्छ । यो एसयुभीमा १.५ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन जडान गरिएको छ ।

यसैगरी, अर्को प्रिमियम मोडल एक्स७० मा पनि १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन नै जडान गरिएको छ । यो एसयुभी टु–ह्विल र फोर ह्विल दुबै भेरिएन्टमा उपलब्ध छ भने मूल्य ८७ देखी १ करोड ५ लाखसम्म कायम गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...