आज देखि दशैंका लागि खुल्यो अग्रिम टिकट बुकिङ
काठमाडौं – दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ...
काठमाडौँ – देशभरका यातायात कार्यालयमा अनलाइन प्रणाली तीव्र रुपमा विस्तार भइरहेको छ । पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ ।
सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ । आर्थिक वर्ष २०८०/८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो । पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो ।
यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने भएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिने छ ।
केही प्राविधिक कुराले गर्दा बेलाबेलामा समस्या आउने गरेको र यसको पनि व्यवस्थापन हुने उनको भनाइ छ ।
काठमाडौं – दशैंमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ...
काठमाडौँ – सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न...
फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...