पछिल्लो एक सातामै ५ यातायात कार्यालय अनलाइनमा, सेवाग्राहीलाई सास्ती कम हुँदै

काठमाडौँ – देशभरका यातायात कार्यालयमा अनलाइन प्रणाली तीव्र रुपमा विस्तार भइरहेको छ । पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ ।

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ । आर्थिक वर्ष २०८०/८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य हुने छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो । पोखरामा यसअघि नै अनलाइन सेवा सञ्चालन गरिएको थियो ।

यातायात कार्यालयमा रहेका पुराना ढड्डालाई पनि अनलाइनमा राखिने भएको छ । विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार अनलाइनबाट सेवा सुरु भएका छन् । पुराना ढड्डालाई पनि अनलाइनमा राख्ने काम हुन्छ । अबको एक डेढ वर्षमा पुराना ढड्डा पनि अनलाइनमा राख्ने काम सकिने छ ।

केही प्राविधिक कुराले गर्दा बेलाबेलामा समस्या आउने गरेको र यसको पनि व्यवस्थापन हुने उनको भनाइ छ ।

सम्बन्धित समाचारहरू

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

ट्रायल पास गरेको एक वर्ष बित्दासमेत हातमा छैन लाइसेन्स

सरकारी ढिलासुस्ती र बेवास्ताका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को...

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

साढे २ महिना पछि खुल्यो ड्राइभिङ लाइसेन्सको अनलाइन फारम, पहिले भरेका सबै फारम रद्द

काठमाडौं – सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन...

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

ट्राफिक कारवाहीमा परेमा अब यसरी थाहा पाउन सकिने छ आफ्नो ब्लुबुक र लाइसेन्सको स्थिति

काठमाडौं – ट्राफिक कारवाहीमा परी तपाईको ब्लुबुक वा लाइसेन्स ट्राफिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...