बागमती भ्रमण वर्ष २०२४ को अवसरमा प्रमोसन -याली सम्पत्र
बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स...
काठमाडौं - नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले विभिन्न महत्वपूर्ण सार्वजनिक विषयमा अध्ययन प्रतिवेदन तयार गर्न सो सम्बन्धी व्यवसायी, विज्ञ र प्राविधिक सम्मिलित विभिन्न कार्यदल गठन तथा जिम्मेवारी प्रदान गरिएको बताएको छ ।
इलेक्ट्रिक भेइकल (ईभी) को व्यावसायिक, नीतिगत, प्राविधिक, आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्ष समेतको अध्ययन गरी धारणा सार्वजनिक गर्न पीएचडी स्करल अनिल कुमार बराल, थापाथली क्याम्पसका असिस्टेन्ट प्रोफेसर सुनिल अधिकारी, टोयोटा नेपालका सिनियर टेक्निकल म्यानेजर ई प्रवेश पौडेल, नासा फाउण्डेसन नेपालका सुवास भट्टराई, वातावरण विज्ञ डा. विदुर ढुङ्गेल र सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष पुष्कर ओझा रहेको कार्यदल गठन गरिएको छ ।
नेपालमा भएका हेल्मेटको गुणस्तर र प्राविधिक पक्ष, विद्यमान ऐन, कानुन र कार्यान्वयनको पाटो, मोटरसाइकल सुरक्षा, मूल्य, राजस्वमा परेको असर तथा उपभोक्ता अधिकार समेत सुरक्षित गर्ने उद्देश्यले पद्यकन्या क्याम्पसकी प्राध्यापक डा भगवती सेढाई, जनस्वास्थ्य बिज्ञ डा पुष्पराज पन्त, सडक सुरक्षा बिज्ञ तथा पूर्व प्रहरी अधिकृत विपिन गौतम र मोटर स्पोर्ट्स अफिसियल अंकित भण्डारी रहेको कार्यदल गठन गरिएको छ ।
नेपालमा उपलब्ध र निर्माण भएका सवारी साधन, ब्राण्डहरुको विवरण र आर्थिक पक्ष, सुरक्षा र दिगोपना, प्राविधिक र कानुनी मापदण्ड जस्ता विषयमा अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटी, अटोमोबाइल व्यवसायी दीपक आचार्य, बागमती अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, प्रिमियर अटोमोबाइल्सका जनरल म्यानेजर (आफ्टर सेल्स) कृष्ण पोखरेल र मेकानिकल इन्जिनियर किरण धिताल रहेको कार्यदल गठन गरिएको छ ।
अटोल्याण्ड, भिन्टेज तथा पुराना गाडी, बसको बडीको गुणस्तर, ड्राइभिङ स्कुलको सुधारको विषयमा नेपाल अटो मेकानिक्स व्यवसायी संघका पूर्व अध्यक्ष ठाकुर न्यौपाने, एमएडब्लू इन्टरप्राइजेजका उपाध्यक्ष (कमर्सियल भेइकल) हेमन्त पुरानिक, भिन्टेज गाडी संकलक पाउल गुरुङ, अटो वर्कसप व्यवसायी प्रभु अधिकारी, पूर्व डिएसपी बालकृष्ण पोखरेल र मेकानिकल इन्जिनियर नितेश यादव रहेको कार्यदल गठन गरिएको छ ।
काठमाडौँ रोड सेफ्टी फिल्म फेस्टिभलको आयोजना, रोड सेफ्टी नेसनल अवार्ड तथा रोड सेफ्टी मिडिया अवार्ड समेतको वितरण नासा फाउन्डेसन नेपालमार्फत गरिने बताइएको छ ।
प्रतिवेदन दुई महिनाभित्र सार्वजनिक गरिने छ भने उल्लेखित अध्ययन तथा कार्यक्रमले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकास र प्रवर्धन गरी आर्थिक, सामाजिक रुपान्तरणका लागि नीति निर्माणमा महत्वपुर्ण योगदान दिने विश्वास नासा नेपालले गरेको बताइएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसनले नेपाली अटोमोबाइल क्षेत्रका महत्वपूर्ण एजेण्डामा विगत लामो समयदेखि काम गर्दै आइरहेको छ ।
बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स...
पोखरा – मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर...
काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई महानगरको सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...