भारतीय बजारमा आउँदै यी ५ ब्रान्डका नयाँ साना एसयूभी

ह्याचब्याक र सेडान कारप्रेमीहरु समेत साना एसयूभीमा आकर्षित हुन थालेपछि भारतमा सब–कम्प्याक्ट एसयूभीको माग बढ्न थालेको छ । महंगो मूल्य तिरेर ठूला एसयूभी खरिद गर्न नसक्ने उपभोक्ताका लागि कम मूल्यमै खरिद गर्न सकिने बिशेषताका कारण यस्ता साना एसयूभीको माग बढेको हो ।

भारतमा अहिले प्रायः सबैजसो ब्रान्डले यो सेग्मेन्टका गाडी उत्पादन गरिरहेका छन् । कतिपय कम्पनीहरुले त यही सेग्मेन्टमा भविष्य देखेर यसैको उत्पादनमा जोड दिइरहेका छन् पनि । भारतीय बजारमा अहिले हुन्डाई, किया, सुजुकी, फोर्ड, टाटा र महिन्द्राले यो सेग्मेन्टमा राम्रो उपस्थिति जनाइरहेका छन भने निसान, फोर्ड, जिप र होन्डा जस्ता ब्रान्डहरु समेत यही सेग्मेन्टमा एग्रेसिभ भएर आउने तयारीमा छन् ।

त्यस्तै अन्य नयाँ ब्रान्ड समेत यही सेग्मेन्टमा बढी फोकस भएको पाइन्छ । रेनो, निसान, जिप, सिट्रोन र एमजीले यो सेग्मेन्टमा नयाँ एसयूभी सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेका छन् ।

यीमध्ये सिट्रोन बाहेक अन्य ब्रान्ड नेपाली बजारमा समेत कारोबार हुँदै आएका कारण भारतमा सार्वजनिक भएलगत्तै यी नयाँ एसयूभी नेपाली बजारमा समेत भित्रिने निश्चित प्रायः छ ।

रेनो किगर
फ्रेन्च कार मेकर रेनोले यो सेग्मेन्टमा दरिलो उपस्थिति जनाउने उद्देश्य सहित किगर एसयुभी उत्पादन थालेको छ । कम्पनीले यसलाई क्विड ह्याचब्याकको ‘सिएमएफ ए’ प्लेटफर्ममा उत्पादन गरिरहेको जनाएको छ ।

यो गाडी ३९९५ एमएम लामो र १६०० एमएम चौडा र अग्लो हुने अनुमान लगाइएको छ । रेनोको सबैभन्दा सानो एसयूभीका रुपमा यसलाई बजारमा उतार्ने कम्पनीले बताएको छ । १.० लिटर टर्बो र १.० लिटरकै पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक दुबै अप्सन सहित यसलाई बजारमा ल्याइनेछ ।

निसान म्यागनाइट
जापनिज कार मेकर निसानले सस्तो मूल्यको सानो एसयूभी म्यागनाइटलाई सम्भवतः अर्को वर्षको शुरुवाती महिनामै सार्वजनिक गरिसक्नेछ । जसको मूल्य भारतीय बजारमा ५ लाख २५ हजार भारु भन्दा पनि कम पर्ने बताइएकोे छ ।

म्यागनाइटलाई पनि रेनो किगरको जस्तै ‘सिएमएफ ए’ प्लेटफर्ममा तयार पारिने बताइएको छ । त्यसैगरी इन्जिन समेत १.० लिटर टर्बो र १.० लिटरकै पेट्रोल इन्जिनमा उपलव्ध हुनेछ भने ६ स्पिड म्यानुअल गियरबक्स र सीभीटी अटोमेटिक अप्सन दिइने छ । यसका अतिरिक्त म्यागनाइटमा सनरुफ र ३६० डिग्री क्यामेरा सहित सेग्मेन्टकै पहिलो अन्य फिचर्स समेत उपलव्ध गराइने भएको छ ।

जिप
अमेरिकन कार मेकर जिपले निकट भविष्यमै ३ नयाँ एसयूभी उतार्ने तयारी थालेको छ । जिपले ७ सिटर, कम्प्याक्ट र सब–कम्प्याक्ट गरी तीनवटै सेग्मेन्टका नयाँ एसयूभी एकसाथ बजारमा ल्याउन लागेको हो । नयाँ मोडलको नाम भने कम्पनीले हालसम्म सार्बजनिक गरिसकेको छैन ।

यी मध्ये सब–कम्प्याक्ट एसयूभीलाई जिपले फियाटको नयाँ जेनेरेसन पान्डा फोर बाई फोर मोडलको प्लेटफर्ममा तयार गर्ने बताएको छ । रिपोर्टमा जनाइए अनुसार यो गाडी इलेक्ट्रिक, हाइब्रिड र पेट्रोल गरी तीन इन्जिन अप्सनमा उपलव्ध हुनेछ । भारतीय बजारमा यसको शुरुवाती मूल्य १० लाख रुपैयाँ हाराहारी पर्ने अनुमान लगाइएको छ ।

सिट्रोन ई २१
सन् २०२१ को पहिलो क्वार्टरमा नयाँ प्रिमियम एसयूभी सि ५ एयरक्रस मार्फत भारतीय बजारमा प्रवेश गर्ने अन्तिम तयारी थालेको सिट्रोनले त्यसलगत्तै नयाँ सब– कम्प्याक्ट एसयूभी उत्पादन गर्ने बताएको छ । सि ५ एयरक्रसलाई एसेम्ब्लिङ गरेर बजारमा ल्याउने र त्यसलगत्तै भारतमै निर्मित गाडीका रुपमा सिट्रोन ई २१ लाई बजारमा उतार्ने योजना कम्पनीले बनाएको छ ।

यसअघिका प्युजो कारमा समेत प्रयोग भएको ‘कमन मडुलर प्लेटफर्म’मा यो नयाँ गाडी उत्पादन हुनेछ । यो गाडी १.२ लिटर पेट्रोल, १.२ लिटरकै टर्बो र १.५ लिटर डिजेल इन्जिनमा उपलव्ध हुने बताइएकोे छ ।

एमजी
अबको केहीदिन भित्र प्रिमियम रेन्जको ७ सिटर एसयुभी ग्लोस्टर सार्बजनिक गर्ने तम्तयारीमा रहेको एमजी मोटर्स त्यसलगत्तै सानो एसयूभीको तयारीमा जुट्ने बताइएको छ ।

भारतीय बजारमा शुरुवाती चरणमै राम्रो प्रतिक्रिया पाएपछि बजार विस्तारमा हौसिएर लागिपरेको एमजीले पछिल्लो समय बजारमा सर्बाधिक रुचाइएको सब–कम्प्याक्ट एसयूभी उत्पादन गर्ने तयारी थालेको हो । रिपोर्टमा जनाइए अनुसार कम्पनीले हाल चीनमा उत्पादन भइरहेको ४.१० मिटर लामो बाओजन ५१० मोडलकै स्पेसिफिकेसनमा आधारित नयाँ एसयूभी उत्पादन गर्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...