नयाँ कार किन्नु अघि निम्तिन सक्ने ५ गल्ती

प्राय अधिकांश ग्राहकहरु नयाँ कार खरिद गर्नुअघि अन्योलमा पर्ने गर्छन् । कार किन्ने निर्णयमा पुगेपछि कुन र कस्तो कार किन्ने बिषयमा निर्णय लिन उनीहरुलाई निकै कठिन समेत पर्छ । यस्तोमा हतारिएर निर्णय लिंदा पछि पछुताउनुको बिकल्प रहँदैन । त्यसैले नयाँ कार खरिद गर्नुअघि आफूले खरिद गर्न चाहेको कारका बारेमा बिस्तृत रुपमा जानकारी हाँसिल गर्नु त पर्छनै साथमा आफ्नो आर्थिक हैसियत र आबश्यकतालाई समेत उत्तिकै ध्यान दिइनुपर्छ ।

नयाँ कार किन्ने क्रममा कतिपय ग्राहक हौसिने र जोशैजोशमा नबुझीकन निर्णय लिँदा पछि यसले समस्या निम्ताउने गरेको समेत पाइन्छ । त्यसैले यहाँ हामीले नयाँ कार खरिद गर्नुअघि निम्तिन सक्ने गल्तिहरुलाई सूचीबद्ध गरेका छौ ।

आफ्नो आबश्यकता र बजेट अनुसारको मोडल छान्न नसक्नु
नेपालमा नयाँ कार किन्नुलाई कतिपय ग्राहकले आफ्नो स्टाटस सिम्बोल देखाउने रुपमा समेत लिने गर्छन् । प्राय यस्ता ब्याक्तीले आफ्नो साथीभाई र सर्कलले प्रयोग गर्दै आएको भन्दा हाईटेक र नयाँ बिशेषताका कार खरिद गर्न रुचाउने गरेको पाइन्छ । फलस्वरुप उनीहरु आफ्नो आबश्यकता र बजेट अनुसारको मोडल छान्नबाट चुक्ने गर्छन् । र, जसका कारण एउटै मोडलमा समेत बिभिन्न भेरियन्टमा उपलब्ध मध्ये टप भेरियन्टको कार खरिद गर्न उनीहरु उत्साहित देखिन्छन् ।

आफूले खरिद गर्न लागेको यस्तो गाडीमा के–कस्ता फिचर्स छन् र ति फिचर्स आफूलाई प्रयोगमा आउँछ वा आउँदैन भन्ने समेत ख्याल नगरी टप भेरियन्टको मोडल खरिद गर्दा ठूलो रकम खर्चनुपर्ने हुन्छ । गाडीमा प्रयोग हुने फिचर्सका आधारमा यसको मूल्य निर्धारण हुने हुँदा आफूलाई चाहिने र प्रयोगमा आउने फिचर्स हेरेर नयाँ कार खरिद गर्नु बुद्धिमानी हुन्छ ।

टेष्ट ड्राइभ गर्न नचाहनु
आफ्नो रुची र आबश्यकता अनुसारको गाडी छनोट गरेपछि उक्त गाडी आफूले चाहेजस्तो आरामदायी र सुबिधासम्पन्न छ छैन भनेर टेष्ट ड्राइभ गर्नु अनिबार्य जस्तै हुन्छ । तर हामीकहाँ नयाँ कार खरिद गर्ने कतिपय ग्राहकहरु गाडीको छनोटमा आफ्नो विवेकभन्दा पनि साथीभाई र आफन्तको सरसल्लाहमा बढी ध्यान दिने गर्छन् । कतिपय ग्राहकले त आफूले खरिद गर्न लागेको गाडीको टेष्ट ड्राइभ गर्न समेत रुची नराख्ने गरेको पाइन्छ । यसरी टेष्ट ड्राइभ नगरी गाडी खरिद गर्दा पछि उक्त गाडीमा केही समस्या देखियो भने पछुताउनुको बिकल्प रहँदैन । अर्को कुरा, आफ्नो आबश्यकता र चाहेको कम्फर्ट तथा फिचर्स छ या छैन भनेर पत्ता लगाउन गाडीको टेष्ट ड्राइभ गर्नु अनिबार्यजस्तै हुन्छ ।

आर्थिक पाटोमा ध्यान नदिनु
नयाँ गाडी खरिद गर्न चाहनेमध्ये अधिकांश ग्राहकले अटोलोनमा गाडी किन्ने गर्छन् । यसरी गाडी किन्दा आफ्नो स्थाई र नियमित कमाइको स्रोतमा गम्भिर तवरले ध्यान पुर्याउनु जरुरी हुन्छ । जुन कुरामा धेरैजसो ग्राहकले खासै ध्यान पुर्याउने गरेको पाइदैन । भोली राम्रो कमाइ होला भन्ने अनुमानको आधारमा गाडी खरिद गर्ने निर्णय लिइयो भने यसले समस्या निम्ताउन सक्छ । अटो लोनमा गाडी किन्नुअघि ग्राहकले आफ्नो अत्याबश्यक खर्च कटौती गरेर बाँकी हुन आउने रकमको केही हिस्सा बचत हुनेगरी मात्र मासिक किस्ता तिर्न सक्ने गरी हिसाब गर्नुपर्छ । यसो गरिँदा एकातर्फ भोलीका दिनमा किस्ता तिर्न नसकेर गाडी नै लिलामी हुने अबस्थाबाट बाच्न सकिन्छ भने अर्कोतर्फ आफ्नो नियमित खर्चलाई समेत ब्यवस्थापन गर्न सजिलो हुन्छ ।

रिसेल भ्यालुमा ध्यान नदिनु
आफूले खरिद गर्न लागेको गाडीको रिसेल मूल्य कस्तो छ भन्ने बिषयमा समेत कतिपय ग्राहकले बिचार पुर्याउने गरेको पाइदैन । बजारमा जुन गाडीको माग उच्च छ प्राय त्यस्ता गाडीको रिसेल मूल्य उच्च रहने गरेको पाइन्छ । यसको साथै सर्बसुलभ सर्भिस र स्पेयर पार्टसको उपलब्धताले समेत गाडीका रिसेल भ्यालु यानकी बिक्री पछिको मूल्य निर्धारण गर्ने गरेको पाइन्छ । रिसेल भ्यालू उच्च हुने गाडी केही महंगो पर्ने भएपनि ग्राहकले आफूले चाहेको समयमै राम्रो मूल्यांकन सहित बिक्री गर्न सक्छन् । जसका कारण ग्राहकलाई भोली गएर नयाँ गाडीमा अपग्रेड हुन अर्थात पैसाको जोहो गर्नुपर्ने अबस्थामा यस्ता गाडीलो फाइदा पुर्याउँने देखिन्छ ।

नयाँ ब्रान्ड र मोडलमा लोभिनु
बजारमा नयाँनयाँ ब्रान्ड र मोडलका गाडीहरु आइरहेका हुन्छन् । नयाँ भन्ने बित्तिकै लोभिइहाल्ने प्राय सबैको स्वभाब हुन्छ । तर यस्ता नयाँ ब्रान्ड र मोडलका बारेमा बिस्तृत अध्यायन नगरी गाडी खरिद गर्ने निर्णय गरियो भने भोलिका दिनमा यसले समस्या निम्ताउन सक्छ । नयाँ गाडी ल्याउने आयतकर्ताको पृष्ठभूमी, उक्त गाडीको अन्तराष्ट्रिय बजारमा लोकप्रियता, नेपाली भुगोल सुहाउँदो छ या छैन, सर्भिस र स्पेयर पार्टस्को उपलब्धता जस्ता बिषयमा मिहिन अध्यायन गरेरमात्र नयाँ ब्रान्ड र मोडल खरिद गर्ने निर्णय लिनु बुद्धिमानी हुन्छ । तर यस बिषयमा कतिपय ग्राहकले खासै चासो दिने गरेको पाइदैन ।

सम्बन्धित समाचारहरू

गाडीको एलसी रोक्न राष्ट्र बैंकको मौखिक निर्देशन, व्यवसाय थप संकटमा पर्ने संकेत

गाडीको एलसी रोक्न राष्ट्र बैंकको मौखिक निर्देशन, व्यवसाय थप संकटमा पर्ने संकेत

काठमाडौं – नेपाल राष्ट्र बैंकले अत्यावश्यकबाहेक वस्तुमा जाने कर्जा तथा...

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीसम्बन्धी सम्झौता

प्रभु बैंक लिमिटेड र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच नगदरहित भुक्तानी...

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...