यी ५ विशेषतका कारण नेक्सन ईभी म्याक्स बन्ने छ बेस्ट इलेक्ट्रिक कार

टाटाले केही दिन पहिले नयाँ इलेक्ट्रिक कार नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ । लङ रेन्जको नेक्सन ईभी समेत भनिएको सो इलेक्ट्रिक कारले आगामी दिनमा इलेक्ट्रिक कारको क्षेत्रमा नयाँ चहलपहल कायम गर्ने अनुमान गरिएको छ । हाल बजारमा उपलब्ध हुन्डाई कोना र एमजी जेडएस ईभीलाई यसले कडा टक्कर दिनेछ । यसमा भएका विभिन्न विशेषताका कारण यसले आगामी दिनमा ‘बेस्ट इलेक्ट्रिक कार’ को पहिचान कायम गर्ने अपेक्षा गरिएको छ ।

रेन्ज
नेक्सन ईभी म्याक्समा ठूलो ब्याट्री प्याक दिइएको छ, जुन नेक्सन ईभी भन्दा ३० प्रतितशत बढी क्षमताको छ । एक पटक फुल चार्ज गर्दा यसले ४०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसको वास्तविक रेन्ज करिव ३३० किलोमिटर हुन सक्छ । यद्यपि यो हाल उपलब्ध नेक्सन ईभीको रेन्ज भन्दा धेरै हुनेछ ।

डिजाइन
नेक्सन ईभी म्याक्स बाहिरबाट लगभग नेक्सन ईभी जस्तै देखिन्छ । नयाँ कारको बडीमा कुनै ब्याज पनि छैन जसले यो नेक्सन ईभीको लङ रेन्ज भर्सन हो भनेर देखाउँछ । कारमा ठूलो ब्याट्री प्याक भए पनि गाडीको बुट स्पेस वा ग्राउन्ड क्लियरेन्समा कुनै कमी आएको छैन । यसबाहेक, नयाँ कलर विकल्प पनि उपलब्ध छ ।

फास्ट चार्जिङ
चार्जिङका लागि नेक्सन ईभी म्याक्समा एक अप्सनल ७.२ किलोवाटको एसी फास्ट चार्जर दिइएको छ, जसको सहयोगले ६ देखि ७ घण्टा भित्र कुनै पनि स्थानमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी यसमा स्ट्यान्डर्ड ३.३ किलोवाट चार्जर पनि उपलब्ध छ । यसको अलावा ५० किलोवाट डीसी फास्ट चार्जरबाट एक घण्टा भन्दा कम समयमै चार्ज गर्न सकिन्छ ।

एड्भान्स फिचर
नेक्सन ईभी म्याक्स दुई भेरिएन्ट एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरीमा उपलब्ध छ । ग्राहकले दुई मध्ये कुनै एकलाई छनोट गर्न सक्छन् । यद्यपि भेरिएन्ट अनुसार फ्रन्ट सिट कुलिङ, ज्वेल आउटलाइन सहितको डायल, इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर र वायरलेस फोन चार्जिङ जस्ता फिचर उपलब्ध हुन्छ ।

पावर र स्पिड
नेक्सन ईभी म्याक्सले १४३ पीएस पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त ईभीले ९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको स्पिड लिन सक्छ । यो हाल उपलब्ध कुनै पनि इलेक्ट्रिक कारको स्पिड भन्दा धेरै हो ।

सम्बन्धित समाचारहरू

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

ईभी इजी ट्याक्सीहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सरिना जी...

नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा

नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा

नेक्सन इभी नेपाल भित्रिएको एक वर्ष पुरा भएको छ । भारतीय अटो निर्माता टाटा...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...