यी ५ विशेषता सहित स्कोडा भिजन इन एसयूभी लन्च हुने

२०२० अटो एक्सपोमा स्कोडा अटो इन्डियाले भिजन इन नामको एक कम्प्याक्ट एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । सो कार मार्च २०२१ मा लन्च हुने सम्भावना रहेको छ । सो कार लेटेस्ट फिचर सहित लन्च हुनेछ ।

प्लेटफर्म
सो कार भिजन इन एमक्युबी एओ इन प्लेटफर्ममा आधारित हुनेछ । सो प्लेटफर्ममा विकसित गरेको यो कार पहिलो हुनेछ । जसको प्रयोग पछि फक्सवागन र स्कोडा कारको लागि पनि प्रयोग गरिने छ । यही प्लेटफर्ममा फक्सवागन टाइगुन पनि विकसित गरिने छ । सो कारको लम्बाई ४२५६ एमएम, ह्वीलबेस २६७१ एमएम हुनेछ ।

डिजाइन
भिजन इनमा टु पीस एलईडी हेडल्याम्प हुने अनुमान गरिएको छ । सो स्कुटर एलईडी डिआरएलको साथमा उपलब्ध रहेको छ । सो कारको फ्रन्टमा सिग्नेचर बटरफ्लाई ग्रिल हुनेछ र एसयूभी ब्रान्ड लोगोको स्थानमा स्कोडा लेटरिङ सपोर्ट हुनेछ । यसमा १७ इन्च डायमन्ड कट अलोय ह्वील पनि हुनेछ ।

पावरट्रेन
सो एसयभूमा २ फरक फरक इन्जिन उपलब्ध हुनेछ । जसमा पहिलो १.० लिटर तीन सिलिन्डर टीएसआई टर्बाे पेट्रोल इन्जिन हुनेछ । जसलाई सम्भवतः बेस ट्रिम्सको साथमा प्रस्तुत गरिने छ । जबकि अर्को १.५ लिटर चार सिलिन्डर टीएसआइ टर्बाे पेट्रोल इन्जिन हुने अनुमान गरिएको छ । यो १.० लिटर मोटर ¥यापिडमा पनि प्रयोग गरिनेछ । सो इन्जिनले ११० पीएस÷१७५ एनएमको टर्क जेनेरेट गर्छ । जबकि १.५ लिटर टीएसआई युनिटले १५० पीएसको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । सो कार ६ स्पिड म्यानुअल गियरबक्स ट्रान्समिशनको साथमा वैकल्पिक डिएसजीको साथमा प्रस्तुत गरिने छ ।

फिचर र सेफ्टी
सो एसयूभीमा एपलर कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, कनेक्टेड कार टेक, १०.२५ इन्च भर्चुअल ककपिक, इन्स्ट्रयुमेन्ट क्लस्टर, इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोलको साथमा फ्रिस्टेडिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुने अनुमान गरिएको छ । सेफ्टीको लागि सो एसयूभीमा एयरब्याग, ईबीडीको साथमा एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर भ्यु क्यामेरा, हिल स्टार्ट असिस्ट कन्ट्रोल, टायर प्रेशर मोनिटरङ सिस्टम हुने सम्भावना रहेको छ ।

मूल्य र प्रतिस्पर्धा
स्कोडा भिजन इन भारतीय लाइन अपमा कारोकको लाइनअपमा राखिएको छ । जसले गर्दा सो कार भारतको सबैभन्दा सस्तो एसयूभी बन्नेछ । सो कारको शुरुवाती मूल्य १० लाख भारु हुने अनुमान गरिएको छ ।

लन्च पश्चात सो कारले हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स, रेनो डस्टरको साथै एमजी हेक्टर र टाटा हेरियरसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली बजारमा पनि यो एसयूभी छिट्टै नै ल्याउने तयारीका साथ कार्य भइरहेको कम्पनी स्रोतले बताएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...