अर्को हप्ता लन्च हुँदैछ नयाँ स्कोर्पियो : यस्ता महत्वपूर्ण हुनेछन् ५ विशेषता

महिन्द्राले चाँडै आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी स्कोर्पियो–एन जुन २७ मा नयाँ अवतारमा लन्च गर्न लागेको छ । नयाँ स्कोर्पियोमा नयाँ फिचर र डिजाइन समावेश गरिएको छ । साथै कम्पनीले यसको अन्य डिजाइन र एक्सटेरियरको बारेमा धेरै विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेको छ ।

महिन्द्रा स्कोर्पियो–एन पूर्ण रूपमा नयाँ डिजाइनको साथमा उपलब्ध हुनेछ । कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध हुनेछ ।

कारको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।

एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ । एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल हुनेछ । स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।

स्कोर्पियो–एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ । महिन्द्रा स्कोर्पियो–एनमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले खोल्यो नयाँ ईभी प्लान्ट, ५०० बढी रोबोटले काम गर्ने

महिन्द्राले खोल्यो नयाँ ईभी प्लान्ट, ५०० बढी रोबोटले काम गर्ने

दुई नयाँ ईभीलाई हालै सार्बजनिक गरेर चर्चामा आएको महिन्द्राले आफ्नो पहिलो...

दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा

दमदार फिचरसहित महिन्द्राले लन्च ग-यो एक्सयूभी ३एक्सओ, नेक्सन र भेन्युसँग हुनेछ प्रतिस्पर्धा

महिन्द्राले एक्सयूभी ३एक्सओ भारतमा दमदार फिचर सहित लन्च गरेको छ । सो...

अब सामसुङ स्मार्टफोनबाटै महिन्द्रा इलेक्ट्रिक एसयूभी लक अनलक गर्न सकिने

अब सामसुङ स्मार्टफोनबाटै महिन्द्रा इलेक्ट्रिक एसयूभी लक अनलक गर्न सकिने

महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभीमा अब फिजिकल चाबीको झन्झट बिना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...