स्कोर्पियो र एक्सयूभी ७०० लाई पछि पार्दै महिन्द्राको यो एसयूभी बन्यो बेस्ट सेलर
महिन्द्राको ३ एसयूभी एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको...
महिन्द्राले चाँडै आफ्नो सबैभन्दा लोकप्रिय एसयूभी स्कोर्पियो–एन जुन २७ मा नयाँ अवतारमा लन्च गर्न लागेको छ । नयाँ स्कोर्पियोमा नयाँ फिचर र डिजाइन समावेश गरिएको छ । साथै कम्पनीले यसको अन्य डिजाइन र एक्सटेरियरको बारेमा धेरै विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसलाई ‘बिग ड्याडी अफ एसयूभी’ भनेको छ ।
महिन्द्रा स्कोर्पियो–एन पूर्ण रूपमा नयाँ डिजाइनको साथमा उपलब्ध हुनेछ । कारको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, एलईडी डेटाइम रनिङ लाइट, क्रोम गार्निश गरिएको ठाडो स्ल्यान्टेड फ्रन्ट ग्रिलको साथ पूर्ण रूपमा नयाँ फ्रन्ट उपलब्ध हुनेछ ।
कारको फ्रन्टको बम्परलाई फगल्याम्प हाउजिङको वरिपरि ठूलो एयर इन्टेक र सी–आकारको क्रोम ट्रिमको साथ अपडेट गरिएको छ । साथै स्पोर्टी एलोय ह्विल र रिफ्रेस गरिएको रियर प्रोफाइल पनि समावेश गरिएको छ ।
एसयूभीमा भोल्युम, क्लाइमेट कन्ट्रोल र अन्य फंङसनको लागि फिजिकल बटन उपलब्ध हुनेछ । एसयूभीमा क्रुज कन्ट्रोल र माउन्टेड कन्ट्रोल जस्ता अन्य फिचरको साथ अपडेट गरिएको फ्ल्याट–बटम स्टेयरिङ ह्विल हुनेछ । स्कोर्पियो–एन एसयूभीको इन्टेरियरमा नयाँ अपहोल्स्ट्री, ड्युअल टोन थिम, ३६० डिग्री क्यामेरा, ड्युअल जोन क्लाइमेट कन्ट्रोल र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर हुने अपेक्षा गरिएको छ ।
स्कोर्पियो–एनको क्याबिनमा दोस्रो पंक्तिको सिट व्यवस्था छ, जसमा क्याप्टेन सिट आर्मरेष्टसहित उपलब्ध छ । महिन्द्रा स्कोर्पियो–एनमा ठुलो क्याबिन स्पेस उपलब्ध हुनेछ ।
महिन्द्राको ३ एसयूभी एक्सयूभी७००, स्कोर्पियो एन र स्कोर्पियो क्लासिकको...
नेपालको अटो बजार अहिले निकै नै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लामो समयसम्म...
महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...