रोयल इन्फिल्ड क्लासिक ३५० मा नभएका यी ५ फिचर छन् होन्डा हाइनेस सीबी ३५० मा

होन्डाले हालै भारतमा हाइनेस सीबी ३५० बाइक लन्च गरेको छ । सो बाइक लन्च गरेदेखि हालसम्म सबै ग्राहकहरुलाई आकर्षक गर्न सफल भएको छ । सो बाइकले रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

विगतमा पनि विभिन्न कम्पनीले क्लासिक ३५० सँग प्रतिस्पर्धाका लागि विभिन्न मोडल बजारमा उतारेका छन्, तर खासै सफलता पाएका छैनन् ।

होन्डाले क्लासिक ३५० सँग प्रतिस्पर्धा गर्नको लागि हाइनेस सीबी ३५० सार्वजनिक गरेको हो । होन्डाले रोयल इन्फिल्ड क्लासिक ३५० मा नभएको ५ फिचर सीबी ३५० मा समावेश गरेको छ । जसले ग्राहकलाई आकर्षण गर्ने कम्पनीले दावी गरेको छ ।

होन्डाको क्वालिटी
रोयल इन्फिल्ड खरिद गर्नका लागि बजेट कम छ भने होन्डाको हाइनेस सीबी ३५० किन्न सकिन्छ । सो बाइकले हिमालयन फियास्कोको अनुभव दिलाउँछ । होन्डाले सीबी ३५० को गुणस्तरको लागि निकै ध्यान दिएको छ । कम्पनीले इन्जिनको अनावश्यक पार्ट्स पनि हटाएको छ ।

फोन कनेक्टिभिटी
होन्डा सीबी३५० मा मोडर्न प्रविधि समावेश छ । सो बाइकमा होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम समावेश गरिएको छ । यसमा नेभिगेसन, म्युजिक, प्लेब्याक आदि पनि समावेश गरेको छ । सो प्रविधि क्लासिक ३५० मा उपलब्ध रहेको छैन ।

अल एलईडी लाइटिङ
होन्डाको सीबी३५० मा सबै लाइटिङ एलईडीको समावेश गरेको छ । यसको सबै हेडलाइट, टेल लाइट र इन्डिकेटर एलईडी रहेको छ ।

टर्क कन्ट्रोल
सेलेक्टेबल टर्क कन्ट्रोल सिस्टम भएको होन्डा हाइनेस सीबी ३५० पहिलो बाइक हो । यद्यपि सो बाइकले ३० एनएमको टर्क जेनेरेट गर्छ ।

स्लिपर क्लच
सीबी३५० को क्लच रोयल इन्फिल्डको भन्दा हल्का र अधिक कुशल रहेको छ जसले बाइक राइड गर्न निकै सजिलो बनाउछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...