प्रिमियम इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको नेपालमा एक वर्ष पुरा

काठमाडौं – नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर ईभी भित्रिएको एक वर्ष पुरा भएको छ । गत वर्ष लक्ष्मी पूजाको दिन बिक्री शुभारम्भ गरिएको प्योर ईभीका हाल नेपाली बजारमा तीन मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ह्वाइट लोटस मोटर्सले नेपाली बजारमा यी स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

ईप्लुटो ७जी र ईट्रान्स नियोमा २.५ किलोवाटको ब्याट्री र २ हजार २ सय वाटको मोटर छ । यी दुवै स्कुटरमा सिंगल चार्जमा ११६ किलोमिटरको रेन्ज दिन्छ ।

ईट्रान्स नियोमा १.८ किलोवाटको ब्याट्री र २५० वाटको मोटर छ र यसले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिन्छ ।

ईप्लुटो ७जीको मूल्य २ लाख ६० हजार, ईट्रान्स नियोको मूल्य २ लाख ४९ हजार र ईट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्कुटरको ब्याट्रीमा ३ वर्ष, तथा मोटर र कन्ट्रोलरमा १/१ वर्षको वारेन्टी र एक वर्षमा ४ पटक सम्म फ्रि सर्भिसिङ कम्पनीको तर्फबाट उपलब्ध गराइने छ । यद्यपि इलेक्ट्रिक स्कुटरलाई सर्भिसिङको धेरै आवश्यकता नपर्ने र भारतीय बजारको अनुभव अनुसार ५ वर्ष सम्म स्कुटरको ब्याट्री र मोटरमा कुनै समस्या नदेखिएको कम्पनीको भनाइ छ ।

इलेक्ट्रिक स्कुटर किन्नका लागि सहज फाइनान्सको समेत व्यवस्था भएको प्योर ईभीको मुख्य सोरुम काठमाडौंको नक्सालमा रहेको छ । त्यसैगरी टेकु र गावहाल तथा उपत्यका वाहिर बुटवल, कावासोती, नारायणघाट, जनकपुर, इटहरी र पोखरामा प्योर ईभीका सोरुम छन् ।प्योर ईभीका लागि हाल कम्पनीले काठमाडौं उपत्यका वाहिर विराटनगर, विर्तामोड, वीरगन्ज, हेटौंडा, नेपालगन्ज, भैरहवा, दाङ, सुर्खेत, बनेपा र काठमाडौं उपत्यकामा समेत विभिन्न स्थानका लागि डिलर आह्वान समेत गरेको छ ।

हाल कम्पनीले चाडपर्वमा ल्याएको ‘प्योरमा स्योर अफर’ समेत नोभेम्बर महिनाभर लागू हुने बताएको छ । यस अन्तर्गत उक्त अफर अन्तर्गत स्कुटर ग्राहकहरुलाई विशेष छुट प्रदान गरिनुका साथै विशेष उपहारको व्यवस्था गरिएको छ ।

स्योरसट क्यासब्याक अन्तर्गत प्योर ईभीका तीन स्कुटरमा १० हजार र १५ हजार छुट उपलब्ध हुनेछ । इलेक्ट्रिक स्कुटर ईप्लुटो ७जी र ईट्रान्स नियो खरिद गर्दा १० हजार छुट उपलब्ध हुनेछ भने ईट्रान्स प्लस खरिद गर्दा १५ हजार छुट उपलब्ध हुनेछ ।

त्यसैगरी ग्यारेन्टिड गिफ्ट अन्तर्गत चार मध्ये कुनै एक पुरस्कार अवश्य पर्नेछ । ग्राहकलाई दिइएको स्क्र्याच कुपनबाट पहिलो पुरस्कारको रुपमा ५ हजार, ७ हजार ५ सय वा १० हजार नगद पुरस्कार प्राप्त हुनेछ । त्यसैगरी दोस्रो पुरस्कारको रुपमा १२८ जीबीको आईफोन १२ प्राप्त हुनेछ । तेस्रो पुरस्कारको रुपमा दुई जना व्यक्तिका लागि पोखराको वाटरफ्रन्ट रिसोर्टमा दुईतर्फी एयर टिकट सहित २ रात र ३ दिन बस्न मिल्ने अवसर प्राप्त हुनेछ भने चौथो पुरस्कारको रुपमा अटोनिक्स भोल्टिक इलेक्ट्रिक साइकल प्राप्त हुनेछ ।

यी वाहेक ग्रान्ड प्राइजको रुपमा ईट्रान्स प्लस इलेक्ट्रिक स्कुटर एक जनालाई प्राप्त हुनेछ । स्कुटर खरिद गर्ने ग्राहकहरुलाई प्रदान गरिएको स्क्र्याच कार्डमा भएको गिफ्ट कोडको आधारमा यो पुरस्कार प्राप्त हुनेछ ।

सम्बन्धित समाचारहरू

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

नेपालमा पनि हाइड्रोजन गाडी चलाउन पाइने कानुन बन्दै

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई वर्षअघि...

बीवाईडी एट्टो ३ : फरेस्ट ग्रिन कलरमा १०० युनिट मात्र नेपाल आउने, मूल्य १ लाख बढी

बीवाईडी एट्टो ३ : फरेस्ट ग्रिन कलरमा १०० युनिट मात्र नेपाल आउने, मूल्य १ लाख बढी

काठमाडौं – नेपाली बजारमा उपलब्ध बीवाईडी एट्टो ३ का विभिन्न भेरिएन्ट मध्ये...

हुवावे र जिएसी मिलेर ल्याए प्रिमियम बिद्युतिय कार, रोल्स रोयसलाई टक्कर दिने

हुवावे र जिएसी मिलेर ल्याए प्रिमियम बिद्युतिय कार, रोल्स रोयसलाई टक्कर दिने

चिनियाँ प्रविधि कम्पनी हुवावेले जीएससीसंग सहकार्य गरी नयाँ प्रिमियम कार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...