लुम्बिनी प्रदेशकै पहिलो ट्राफिक लाइट जडान

बुटवल – तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्ग सडक खण्ड अन्तरगत बुटवल बेलहिया सडक खण्डको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरेको छ । नगरपालिकाको मुख्य बजार रहेको मणिग्राम चोकमा जडान गरिएको ट्राफिक लाइट लुम्बिनी प्रदेशकैं पहिलो रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बर बहादुर विश्वकर्माले बताए ।

नगरकैं सबैभन्दा बढी सवारी आवागमन हुने मणिग्राम चोकमा नगरपालिकाले आफ्नै स्रोतमा ट्राफिक लाइट व्यवस्थापन गरेको हो । ट्राफिक लाइटको कन्ट्रोल मंगलापुरमा रहेको ट्राफिक प्रहरी पोष्टबाट हुने नगरपालिकाले जनाएको छ ।

ट्राफिक लाइटको मंगलबार शुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले मणिग्राममा जडान गरिएको ट्राफिक लाइटको प्रभावकारितासँगै यसलाई सडकका अन्य चोकहरुमा समेत विस्तार गरिने बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख डम्बर बहादुर विश्वकर्माले तिलोत्तमाले आफ्नै स्रोतमा ट्राफिक लाइटको व्यवस्थापन गर्नु अरुको लागि पनि अनुकरणीय रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले ट्राफिक लाइट सडक विकासको एउटा सूचक रहेको चर्चा गर्दै यसले ट्राफिक व्यवस्थापनमा टेवा पुर्याउने बताए ।

सम्बन्धित समाचारहरू

सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने १० कुराहरु

सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने १० कुराहरु

निम्न १० वटा नियमहरुको अनुशरणले तपाईको र अन्य सडक प्रयोगकर्ताहरु सबैको...

झिलीमिली बन्यो नारायणी पुल

झिलीमिली बन्यो नारायणी पुल

गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत पोल ढालेसँगै अन्धकार बनेको...

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

काठमाडौँ – देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...