रोयल इन्फिल्डको मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल पहिलोपटक सडकमा देखापरेको छ । नोभेम्बर ४ मा एक्मा एक्सपोमा सार्बजनिक हुने तय भएको सो नयाँ मोटरसाइकल सडक परिक्षणका क्रममा स्पेनको वार्सिलोनामा देखिएको हो ।
सार्बजनिक भएको मोडललाई अवलोकन गर्दा यो आधुनिक ईभी भए पनि यसले ब्रान्डको क्लासिक लुक्सलाई कायम गरेको प्रष्ट देखिन्छ ।
इलेक्ट्रिक बाइकको समग्र डिजाइन इलेक्ट्रिको–१ अवधारणामा आधारित छ । टियरड्रप आकारको इन्धन ट्याङ्कीको डिजाइन र रेट्रो हेडल्याम्पलाई ओभर गरिएको छ । यो बाइकमा सन् १९४० को फ्लाइङ फ्लीजस्तै गर्डर फोर्क र रियर फेन्डर पनि लगाइएको छ । अन्य फिचरमा क्रोम सहितकोे गोलाकार मिरर, राउन्ड टर्न इन्डिकेटरहरू, गोलाकार टेल ल्याम्प, एकल सिट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश छन् ।
रोयल इन्फिल्डको आगामी ई–बाइकको प्राविधिक विशेषताहरू अझै स्पष्ट भैसकेको भने छैन । यद्यपी ब्याट्री र इलेक्ट्रिक मोटर बाइकको फ्रेम भित्र प्याकेज गरिएको देखिन्छ । बाइकमा मोनो–शक रियर सस्पेन्सन र यसमा एलोय ह्वील उपलब्ध गराइएको छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
भारतमा सम्पन्न –याली अफ हिमालयाजको चौथो संस्करण अन्तर्गत ग्रुप डी अर्थात...
स्पेनमा लन्च भएदेखि रोयल इन्फिल्ड गुरिल्ला ४५० ले विश्वभरका मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...