परीक्षणका क्रममा पहिलोपटक देखियो रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल

रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकल पहिलोपटक सडकमा देखापरेको छ । नोभेम्बर ४ मा एक्मा एक्सपोमा सार्बजनिक हुने तय भएको सो नयाँ मोटरसाइकल सडक परिक्षणका क्रममा स्पेनको वार्सिलोनामा देखिएको हो ।

सार्बजनिक भएको मोडललाई अवलोकन गर्दा यो आधुनिक ईभी भए पनि यसले ब्रान्डको क्लासिक लुक्सलाई कायम गरेको प्रष्ट देखिन्छ ।

इलेक्ट्रिक बाइकको समग्र डिजाइन इलेक्ट्रिको–१ अवधारणामा आधारित छ । टियरड्रप आकारको इन्धन ट्याङ्कीको डिजाइन र रेट्रो हेडल्याम्पलाई ओभर गरिएको छ । यो बाइकमा सन् १९४० को फ्लाइङ फ्लीजस्तै गर्डर फोर्क र रियर फेन्डर पनि लगाइएको छ । अन्य फिचरमा क्रोम सहितकोे गोलाकार मिरर, राउन्ड टर्न इन्डिकेटरहरू, गोलाकार टेल ल्याम्प, एकल सिट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल समावेश छन् ।

रोयल इन्फिल्डको आगामी ई–बाइकको प्राविधिक विशेषताहरू अझै स्पष्ट भैसकेको भने छैन । यद्यपी ब्याट्री र इलेक्ट्रिक मोटर बाइकको फ्रेम भित्र प्याकेज गरिएको देखिन्छ । बाइकमा मोनो–शक रियर सस्पेन्सन र यसमा एलोय ह्वील उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

रोयल इन्फिल्डको पहिलो इलेक्ट्रिक बाइक ‘फ्लाइङ फ्ली सी६’ आउँदै

इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ। यही...

एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण

एकैपटक १२ युनिट हिमालयन ४५० हस्तान्तरण

रोयल इनफिल्डले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ४५०’...

रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश

रोयल इन्फिल्ड इन्डियाको स्लाइड स्कुल रेसिङ ट्रेनिङमा सहभागी भए दिपेश

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...