महिन्द्राको ठूलो सफलताः लामो समय पश्चात अन्ततः पायो बिक्री अनुमति
महिन्द्राले दोस्रो विश्वयुद्धमा बनेको विलिस जिपसँग मिल्दोजुल्दो एसयूभी...
नयाँ जेनेरेसनको महिन्द्रा स्कोर्पियो भारतमा सबैभन्दा प्रतीक्षित कार मध्ये एक हो । कम्पनीले हालै नयाँ स्कोर्पियोको पहिलो टिजर जारी गरेको छ । कम्पनीले नयाँ स्कोर्पियोको ३० सेकेन्डको भिडियो जारी गरेको छ । यो चाँडै लन्च हुने सम्भावना रहेको छ । कम्पनीले सन् २००२ मा स्कोर्पियोको पहिलो जेनेरेसन लन्च गरेको थियो ।
उक्त एसयूभीको एक्सटेरियरमा भर्टिकल स्लेटसहितको फ्रन्ट ग्रिल सेक्सनलाई पुनः डिजाइन गरेको छ भने सार्प प्रोजेक्टर एलईडी हेडल्याम्प, नयाँ फगल्याम्प हाउजिङ, फराकिलो सेन्ट्रल एयर इन्टेक, ट्विक गरिएको बोनेट संरचना, अग्लो पिलर, पुनः डिजाइन गरिएको अलोय ह्विल र रिभाइज्ड रियर बम्परले यसलाई बोल्ड बनाएको छ । एसयूभीको फ्रन्टमा एलईडी लाइटिङ इलिमेन्ट्स र नयाँ एलईडी टेलल्याम्प समावेश गरिएको छ ।
सो एसयूभीको इन्टेरियरमा नयाँ ड्यासबोर्ड र सेन्टर कन्सोल, सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, माउन्टेड कन्ट्रोलसहितको फ्ल्याट–बटम स्टेयरिङ ह्विल, टायर प्रेसर मोनिटरिङ सिस्टम, ड्युअल टोन लेदर सिट अपहोल्स्ट्री, रियर एसी भेन्ट्स, वायरलेस चार्जर, सनरुफ जस्ता फिचर उपलब्ध छ । यसको साथै यसमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ, जबकि टप इन्ड भेरिएन्टमा ६ वटा एयरब्याग, एडजस्टेबल हेडरेस्ट र ड्राइभर आर्मरेस्ट रहेको छ ।
नयाँ जेनेरेशन स्कोर्पियोको साइज पनि हालको मोडलभन्दा ठूलो हुनेछ । नयाँ महिन्द्रा स्कोर्पियोमा थारमा जस्तै २.२ लिटर ४ सिलिन्ड एमहर्क डिजेल इन्जिन र २.० लिटर ४ सिलिन्डर एमस्टालियन पेट्रोल इन्जिन जडान गरिएको छ । तर, यसमा रहेको पावर र टर्क रेसियो थारको भन्दा फरक हुन सक्छ । यसको टप भेरिएन्टलाई अल ह्विल ड्राइभ सिस्टम विकल्पको रूपमा पनि पेश गर्ने सम्भावना रहेको छ ।
महिन्द्राले दोस्रो विश्वयुद्धमा बनेको विलिस जिपसँग मिल्दोजुल्दो एसयूभी...
काठमाडौं–महिन्द्रा एक्सयुभी ३०० को फेसलिफ्ट भर्सन थ्रीएक्सओले भारतको...
महिन्द्राले गत नोभेम्बरमा सार्बजनिक गरेको बिद्युतिय एसयुभी एक्सईभी–९ई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...